मलाई सलाइको एउटा काँटी देउ
र देउ एउटा बेसुरको सुर
मलाई तिम्रो यो रुग्ण शहर
ह्वारह्वार्ती जलाउनु छ
र बजाउनु छ घ्रिणाको एउटा धून..
मलाई तिम्रो शहरदेखी
अजिवको घीन लाग्दैछ!
हरेक बिहान
खाना खानुअघि
बरण्डामा हात धोइरहँदा
पुरुषोत्तम दाइ
खाना सोध्छन् र खान बोलाउँछन् Continue reading
किनारमा टुक्रुक्क बसिरहेको म
सम्झिरहेथें तिमीलाई
र नदिमा बग्दै गरेको पानीमा
औंला घुमाउँदै
कोर्दैथिएँ तिम्रो तस्विर
तर तस्विर
बिलाउँदै जान्थ्यो पानीमा
गढ्दै जान्थ्यो मुटुमा ।
Continue reading
झापा लखनपुरका जनक पौड्याल अचेल काठमाडौं खाल्डोका रैथाने भएका छन्।
कुनै समय ‘अनाम मण्डली’का गजलकार मण्डले बनेर (मण्डलीका सदस्य भएकाले मण्डले भनिएको, अर्को अर्थ नलगाइकन बुझौं) लेखनमा निकै कि्रयाशील रहे यिनी । अचेल काठमाडौंको रैथाने बन्ने धूनमा भिडमा हराउन थालेका छन्।
भिडबाट अगलग्ग उभिने चाह हुँदाहुँदै उनीजस्तै कति होलान् भिडमा यसरी हराउने? सहकर्मी भएर सँगै उठबस गर्दा यिनका पुराना गीत, कविता र गजल थुप्रै सुनियो र पढियो । तर पछिल्ला दिनहरुमा यीनका नयाँ रचनाहरु पढ्न सुन्न पाइएको छैन । यद्यपि पुरानै कविताहरु पढिरहँदा आफ्नै ब्लगमा एउटा साभार गर्न मन लाग्यो ।
गोडा फट
गोडा जोड
शिविरमा
हाम्रो परेडको ताल
सधैं उस्तै हुन्छ ।
Continue reading