स्मृतिबाट आधा घण्टा

कथा/२ सेप्टेम्बर २००८
यो बिहान उ गएपछि जब म उहि ब्राण्डको बास्ना उडाइरहेको थिएँ, म उस्तै अनुभवबाट गुज्रिरहेको थिएँ जुन भावमा प्राय: गरी म रन्थनिने गर्छु। हिजो राति त्यसैबारे केहि लेख्न खोजिरहेथें तर सकिन ।

त्यहाँ मान्छेहरु यत्रतत्र हिंडिरहेका थिए, आफ्नै खालका गति र स्टाइलमा । कलेज युनिफर्ममा केहि ह्याङ्की फ्याङ्की केटाकेटीहरु एकअर्कासँग गफ्फीरहेका थिए, मस्कीरहेका थिए। एक अधबैंसे पुरुष आफ्ना समयवहरुसँग चियाको चुस्की लिंदै सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गर्ने व्यवहारबारे कड्कीरहेको थियो, घाँसे चौरमा बसेर। अनि बेला बेलामा राजनीति र आफ्नै घरायसी व्यवहारबारे पनि कुरा गर्दै थियो।

मैले बच्चाहरु भने आज देखिनँ त्यहाँ । Continue reading

तस्वीरमा बालापन

कम्प्युटर घर जस्तै हो। घरमा भान्सा कोठा, सुत्ने कोठा, बैठक कोठा लगायत किसिम किसिमका कोठा बनाइएजस्तै कम्प्युटरमा पनि कोठाहरु बनाइन्छन् र आफ्ना खजानाहरु  भाग लाएर राखिन्छन्। वर्षौंदेखि यी कोठाहरुमा मिलाएर राखिन्छन् अनेकथरि सामानहरु। एकपटक राखेपछि अब अर्कोपटक तीनलाई खोलेर हेरिन्छ, हेरिंदैन के ठेगान। भण्डार कोठामा राखिएका सबै कुराहरु सधैं प्रयोग गरिन्छ भन्ने छैन र कतिपय कुराहरु कुनै पनि बेला काममा आउन सक्छन् भनेर हामीले साँचेर राखेका हुन्छौं। तर वर्षौं बितिसक्दा पनि ती सामान न काममा आउँछन् न हामी तीनलाई खोलेर नै हेर्छौं।

फुर्सदमा ल्यापटपका कोठा कोठा चहार्दै गर्दा भेटिएका यी तस्वीर भने साँच्चै साँचेर नै राखिएका थिए। आज पोका फुकाएर यहाँहरुसमक्ष प्रस्तुत गर्दैछु तस्वीरमा समेटिएका केहि बालापन।

Continue reading

फेवा तालको कृष्ण

 उसको नाम कृष्ण। अरुले चाहिं नाम बिगारेर किश्ने भन्दा रहेछन्। फेवा तालमा डुंगा चलाउँछ। उसले ‘हेर्दाहेर्दै’ डुंगा चलाउन सिकेको रे।

Continue reading

मेरो आत्महत्याअघि

तिमीले आफ्नै हत्या गरिसकेपछि
कथाले अर्को मोड लियो ।

मान्छेहरुले भने
“यो हत्या हो “
प्रहरीले भनेन
“यो  हत्या होइन “
किनकि
त्यो म नै थिएँ
जसले
टुलुटुलु हेरिरहेको थिएँ

Continue reading

अनुनय

तिम्रो वाग्मतीको सरकारी पानी

चिथोरिरहन्छ हरेक बर्खामा

म हिंड्ने बाटो

झम्टिरहन्छ निर्दयी रोषले
म उभिएको माटो ।

Continue reading

मेरो प्रीय सरकार!

मेरो प्रीय सरकार!

मलाई सलाइको एउटा काँटी देउ
र देउ एउटा बेसुरको सुर
मलाई तिम्रो यो रुग्ण शहर
ह्वारह्वार्ती जलाउनु छ
र बजाउनु छ घ्रिणाको एउटा धून..

मलाई तिम्रो शहरदेखी
अजिवको घीन लाग्दैछ!