त्यो साँझ

कथा

एक साँझ, त्यसैगरि म उसको अफिसको गेट अगाडि बाइक रोकेर बसिरहें।

साँझ सधैं उस्तै त हो, अलिकति उज्यालो, अलिकति अँध्यारो। मन पनि उस्तै, अलिकति अँध्यारो अलिकति उज्यालो। अथवा अलिकति उज्यालो अनि अरु अँध्यारो। वर्षातको याम हुँदो हो त झरि पनि हुन्थ्यो होला साँझसँग। दिनको झरि र साँझको झरिमा पानीमात्र समान हो, बाँकी सबै फरक। बाँकी भन्नाले के के? बाँकी भन्नाले थकान, आलस्य, ओसिलोपन, बोझिलोपन अनि अरु धेरै कुरा। साँझ त्यसैले साँझ हो र साँझमा कुर्नुको मतलब पनि फरक हुन्छ, त्यो पनि अफिस अगाडि।

अफिस गजबको ठाउँ हो। अफिसमा मान्छेहरुका कुरा गजबका हुन्छन्। आफ्नो भन्दा अरुको अफिस गजबको लाग्न सक्छ अझै। आफ्नो अफिसमा त तनावबाहेक के नै हुन्छ र? उसको अफिस पनि गजबकै थियो होला। सँगै काम गर्ने साथीहरु, साथीहरुसँग हुने गफगाफ-मोजमस्ती.. खै मोजमस्ती भन्या के हो! अफिसको अर्को गजबको कुरा भनेको एकाध सहकर्मीबारे हुने कानेखुसी र चर्चा पनि हो। कमसेकम यो चाहिं सबैको अफिसको विशेषता होला… चियोचर्चो, अलिकति हल्ला अनि छेडखानी। Continue reading

स्मृतिबाट आधा घण्टा

कथा/२ सेप्टेम्बर २००८
यो बिहान उ गएपछि जब म उहि ब्राण्डको बास्ना उडाइरहेको थिएँ, म उस्तै अनुभवबाट गुज्रिरहेको थिएँ जुन भावमा प्राय: गरी म रन्थनिने गर्छु। हिजो राति त्यसैबारे केहि लेख्न खोजिरहेथें तर सकिन ।

त्यहाँ मान्छेहरु यत्रतत्र हिंडिरहेका थिए, आफ्नै खालका गति र स्टाइलमा । कलेज युनिफर्ममा केहि ह्याङ्की फ्याङ्की केटाकेटीहरु एकअर्कासँग गफ्फीरहेका थिए, मस्कीरहेका थिए। एक अधबैंसे पुरुष आफ्ना समयवहरुसँग चियाको चुस्की लिंदै सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गर्ने व्यवहारबारे कड्कीरहेको थियो, घाँसे चौरमा बसेर। अनि बेला बेलामा राजनीति र आफ्नै घरायसी व्यवहारबारे पनि कुरा गर्दै थियो।

मैले बच्चाहरु भने आज देखिनँ त्यहाँ । Continue reading

गन्थन – २

काठमाण्डु । एउटा दिक्कलाग्दो रुग्ण शहरको नाम । दिक्दारीका पहाडहरुले घेरेर यसलाई उपत्यका बनाएको छ । र दिक्दारीको पानी बग्ने वाग्मती नीलेर यहाँ मान्छेहरु दिक्दारी बाँच्दछन्, दिक्दारी काल पर्खेर हरक्षण । Continue reading

गन्थन – १

कात्तिक नसकिएका बेला काठमाण्डु सेलाइसकेको छ । पन्जा र ओभरकोटमा मान्छेहरु मोटाएको देखिन थालिसकेका छन् अचेल । तरुनीका कुरा त कहिले पो गर्न सकिन्छ र ? आम मान्छे भएर सोच्ने हो भने यो पालि पनि राम्रोसँग पानी परेन र काठमाण्डुमा जसले सुकै नाकाबन्दी गरेको घमण्ड गरेपनि जाडो भित्रिसकेको छ ।
Continue reading

काँचका पर्दाभित्र अनरिपोर्टेड स्टोरीज

कथा
पुतलीसडकमा अचानक उनीसंग भेट भयो त्यो दिन ।

म उनलाई पहिलेदेखि देख्थें, चिन्थें भन्दा पनि हुन्छ । प्रत्यक्ष रुपमा नसही तर म उनलाई सधैं देख्थें । बाटोमा होइन घरमा । म उनलाई झण्डै झण्डै हरेक दिन देख्थें । मलाई उनको नाम पनि थाहा थियो ।

नमस्कार म‍‍…। ८ बजेको समाचार बुलेटिनमा स्वागत छ । ”सर्वप्रथम आजका मुख्य मुख्य समाचार…” यो उनको पहिलो वाक्य हुन्थ्यो र त्यति भनेपछि म उनलाई खासै सुन्दीन थिएं । किनकि मलाई उनले भन्ने प्राय सबैजसो कुरा थाहा हुन्थ्यो । उनी खासमा एउटा टेलिभिजन च्यानलमा समाचार भन्थिन् । हेर्दामा साह्रै राम्री आवाजमा एक किसिमको दम्भ तर बोली सूनीरहूं जस्तो मिठो । उमेर म भन्दा कम्तिमा ७-८ वर्ष जेठी सायद । म त्यतिबेला १९ वर्ष ८ महिनाको मात्र थिएं हुंला । त्यतिबेला टिभी स्टेशन धेरै थिएनन् र उनलाई नहेर्ने र नचिन्ने कमै थिए । त्यतिबेला एफ एम रेडियोको दबदबा रहेकै बेला म पनि कुनै एउटामा समाचार शाखामै काम गर्थें र रेडियो सुन्नु टिभी हेर्ने कामै हुन्थ्यो । मैले नचिन्ने नहेर्ने त कुरै थिएन । एक किसिमले टिभी प्रतिको आकर्षणले पनि टिभी हेरिन्थ्यो नै त्यसमाथि तिनको समाचार हेर्दा आफैंले समाचार भनिरहेको जस्तो लाग्थ्यो । Continue reading

तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।

Continue reading

फेरी घाम उदायो

माइसंसारको लागि लेखिएको कविता

फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो । Continue reading