अनुहारमा रंग पोतेर जिवनको रंग फेरिएला ?

 

यसपालिको फागु पर्व पनि सकियो।

अरु ठाउँजस्तै राजधानी उपत्यका पनि रङ्गमा डुब्यो। एकअर्कालाई रङ्ग दल्दै, नाच्दै गाउँदै, डुल्दै रङ्गका पारखीहरुले होली मनाए। यहि मेसोमा केहि अनुहारहरु क्यामरामा कैद गरियो। ब्लगमा कविता र अरु गन्थन पोस्ट नगरेको जुगभन्दा अलिकति कम भइसकेको बेला तिनै रंगिन अनुहारहरु टाँस्दैछु।

मनपरे कमेन्टमा लेख्नुहोस्। 🙂

face paint 1 Continue reading

स्मृतिबाट आधा घण्टा

कथा/२ सेप्टेम्बर २००८
यो बिहान उ गएपछि जब म उहि ब्राण्डको बास्ना उडाइरहेको थिएँ, म उस्तै अनुभवबाट गुज्रिरहेको थिएँ जुन भावमा प्राय: गरी म रन्थनिने गर्छु। हिजो राति त्यसैबारे केहि लेख्न खोजिरहेथें तर सकिन ।

त्यहाँ मान्छेहरु यत्रतत्र हिंडिरहेका थिए, आफ्नै खालका गति र स्टाइलमा । कलेज युनिफर्ममा केहि ह्याङ्की फ्याङ्की केटाकेटीहरु एकअर्कासँग गफ्फीरहेका थिए, मस्कीरहेका थिए। एक अधबैंसे पुरुष आफ्ना समयवहरुसँग चियाको चुस्की लिंदै सरकारी कार्यालयहरुमा कर्मचारीहरुले गर्ने व्यवहारबारे कड्कीरहेको थियो, घाँसे चौरमा बसेर। अनि बेला बेलामा राजनीति र आफ्नै घरायसी व्यवहारबारे पनि कुरा गर्दै थियो।

मैले बच्चाहरु भने आज देखिनँ त्यहाँ । Continue reading

तस्वीरमा बालापन

कम्प्युटर घर जस्तै हो। घरमा भान्सा कोठा, सुत्ने कोठा, बैठक कोठा लगायत किसिम किसिमका कोठा बनाइएजस्तै कम्प्युटरमा पनि कोठाहरु बनाइन्छन् र आफ्ना खजानाहरु  भाग लाएर राखिन्छन्। वर्षौंदेखि यी कोठाहरुमा मिलाएर राखिन्छन् अनेकथरि सामानहरु। एकपटक राखेपछि अब अर्कोपटक तीनलाई खोलेर हेरिन्छ, हेरिंदैन के ठेगान। भण्डार कोठामा राखिएका सबै कुराहरु सधैं प्रयोग गरिन्छ भन्ने छैन र कतिपय कुराहरु कुनै पनि बेला काममा आउन सक्छन् भनेर हामीले साँचेर राखेका हुन्छौं। तर वर्षौं बितिसक्दा पनि ती सामान न काममा आउँछन् न हामी तीनलाई खोलेर नै हेर्छौं।

फुर्सदमा ल्यापटपका कोठा कोठा चहार्दै गर्दा भेटिएका यी तस्वीर भने साँच्चै साँचेर नै राखिएका थिए। आज पोका फुकाएर यहाँहरुसमक्ष प्रस्तुत गर्दैछु तस्वीरमा समेटिएका केहि बालापन।

Continue reading

समुद्र किनारमा मान्छेहरु

शहरको वरतिर
समुद्रको छेउमा
बच्चाबच्चीहरु
नाङ्गा पैताला रगड्दै
फुस्रा बालुवामा खेल्दैछन्
बुढाबुढीहरु
छाते टोपीका मुन्तिर
घाम खोज्दैछन् Continue reading

काँचका पर्दाभित्र अनरिपोर्टेड स्टोरीज

कथा
पुतलीसडकमा अचानक उनीसंग भेट भयो त्यो दिन ।

म उनलाई पहिलेदेखि देख्थें, चिन्थें भन्दा पनि हुन्छ । प्रत्यक्ष रुपमा नसही तर म उनलाई सधैं देख्थें । बाटोमा होइन घरमा । म उनलाई झण्डै झण्डै हरेक दिन देख्थें । मलाई उनको नाम पनि थाहा थियो ।

नमस्कार म‍‍…। ८ बजेको समाचार बुलेटिनमा स्वागत छ । ”सर्वप्रथम आजका मुख्य मुख्य समाचार…” यो उनको पहिलो वाक्य हुन्थ्यो र त्यति भनेपछि म उनलाई खासै सुन्दीन थिएं । किनकि मलाई उनले भन्ने प्राय सबैजसो कुरा थाहा हुन्थ्यो । उनी खासमा एउटा टेलिभिजन च्यानलमा समाचार भन्थिन् । हेर्दामा साह्रै राम्री आवाजमा एक किसिमको दम्भ तर बोली सूनीरहूं जस्तो मिठो । उमेर म भन्दा कम्तिमा ७-८ वर्ष जेठी सायद । म त्यतिबेला १९ वर्ष ८ महिनाको मात्र थिएं हुंला । त्यतिबेला टिभी स्टेशन धेरै थिएनन् र उनलाई नहेर्ने र नचिन्ने कमै थिए । त्यतिबेला एफ एम रेडियोको दबदबा रहेकै बेला म पनि कुनै एउटामा समाचार शाखामै काम गर्थें र रेडियो सुन्नु टिभी हेर्ने कामै हुन्थ्यो । मैले नचिन्ने नहेर्ने त कुरै थिएन । एक किसिमले टिभी प्रतिको आकर्षणले पनि टिभी हेरिन्थ्यो नै त्यसमाथि तिनको समाचार हेर्दा आफैंले समाचार भनिरहेको जस्तो लाग्थ्यो । Continue reading

कागहरु खूब कराए

कागहरु खूब कराए
कागहरु खूब कराए

पल्लो गाउका कागलाई सुनाए
वल्लो गाउंका कागलाई जगाए
का का गर्दै सबैलाई तर्साए
कागहरु खूब कराए । Continue reading

दुई – एक

अलमलको जालो
मेरो पालो
वर्ष दुई
सम्बन्ध एक Continue reading