तस्वीरमा बालापन

कम्प्युटर घर जस्तै हो। घरमा भान्सा कोठा, सुत्ने कोठा, बैठक कोठा लगायत किसिम किसिमका कोठा बनाइएजस्तै कम्प्युटरमा पनि कोठाहरु बनाइन्छन् र आफ्ना खजानाहरु  भाग लाएर राखिन्छन्। वर्षौंदेखि यी कोठाहरुमा मिलाएर राखिन्छन् अनेकथरि सामानहरु। एकपटक राखेपछि अब अर्कोपटक तीनलाई खोलेर हेरिन्छ, हेरिंदैन के ठेगान। भण्डार कोठामा राखिएका सबै कुराहरु सधैं प्रयोग गरिन्छ भन्ने छैन र कतिपय कुराहरु कुनै पनि बेला काममा आउन सक्छन् भनेर हामीले साँचेर राखेका हुन्छौं। तर वर्षौं बितिसक्दा पनि ती सामान न काममा आउँछन् न हामी तीनलाई खोलेर नै हेर्छौं।

फुर्सदमा ल्यापटपका कोठा कोठा चहार्दै गर्दा भेटिएका यी तस्वीर भने साँच्चै साँचेर नै राखिएका थिए। आज पोका फुकाएर यहाँहरुसमक्ष प्रस्तुत गर्दैछु तस्वीरमा समेटिएका केहि बालापन।

Continue reading

Advertisements

धन्यवाद लेखक साथीहरुलाई

लेखन साँच्चै चुनौतिपुर्ण कला हो । लेखनका जुनसुकै विधा हुन्, हरेकका आआफ्नै सीप र कौशल हुन्छन् । कतिले लेखनलाई पेशै बनाएका छन् त कतिले रुचि । त्यसबाहेक मान्छेका स्वभाव र स्वार्थ अनुकुल लेखनका फरक फरक उद्देश्य हुन सक्छन् । तर पेशा होस् वा रुचि, उद्देश्य जुनसुकै होस्, लेखनले पाठकमा प्रभाव पार्न सकेन भने त्यसको खास ‌औचित्य हुँदैन । लेखनका क्रममा उठान गरिने विषयबारे सुचना/भाव र त्यसले लक्षित प्रभाव पाठकमा त्यतिबेला सहि अर्थमा पर्छ जब सार्थक लेखनका आवश्यक कौशलहरुको उचित प्रयोग हुन्छ (यहाँ ती कौशलहरुबारे चर्चा गर्न खोजिएको होइन)।

Continue reading

तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।

Continue reading

बताइदिनुस् हजुर !

सुन्नलाई यसमा क्लिक गर्नुस वा होमपेजमा MYRADIO मा जानहोस् ।

के के भयो शहरमा आज

बताइदिनुस् हजुर ।

सप्रेको हो या बिग्रेको हो देश

बुझाईदिनुस् हजुर । Continue reading

मेरो प्यारो दार्जिलीङ्

इन्टरनेटमा घुम्दाघुम्दै एउटा ब्लगमा मन अडियो । यो त्यही ब्लगमा राखिएको कविता हो । मनपर्यो आफ्नैमा पनि साँचें । तपाईं आफैं त्यो ब्लग हेर्न चाहनुहुन्छ भने लींक यहाँ छ ।

पढ्न असजिलो भएमा फोटो save गरेर पनि हेर्न सकिनेछ ।

फेरी घाम उदायो

माइसंसारको लागि लेखिएको कविता

फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो । Continue reading

त्यो समाचार लेख्ने मान्छे

लमक लमक
अंध्यारोतिर बढ्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे। Continue reading