सानुकाजी सुनारको व्यथा

घट् घट्… घट् घट्
अदम्य साहस
अविछिन्न जाँगर
अटुट कि्रयाशीलता ।
अहो! कस्तो अविराम योद्धा!


न पसिना तप्किन्छ
न दम फुल्छ
न अल्छिपन
न थकान ।

घट् घट्… घट् घट्
माटो खनिरहन्छ, सम्याइरहन्छ त्यो बाउसे
सानुकाजी सुनारको
पहेंलपुरे ट्रयाक्टर ।

घामका राताकाला टाटाहरु छोपेर
खासाको छत्रे-टोपमुन्तिर
वनारसी कछाड र बम्बैया जाली-गन्जी
पसिनाले लपक्क भिजाएर
शान हराएको माउते सानुकाजी सुनार
लाचार.. निरिह..
थकित.. चकित..
डरपोक सिपाहीले चोर समाएजस्तो
जोताहा ट्रयाक्टरको बलिष्ठ ह्यन्डिल
जेनतेन घुमाइरहेछ ।

यस्तो लाग्छ
निर्भाव ट्रयाक्टरले बन्दी बनाउँदैछ
मरणासन्न सानुकाजी सुनारलाई ।

One response to “सानुकाजी सुनारको व्यथा

  1. आखिरमा जुन साधनलाई हामीले उपयोग गरिरहेका छौं भन्छौं, तिनले दास बनाएर राखेका छन् । यस्तै मार्मिक कथा लाग्यो सानुकाजीको । ट्याक्टरको उसको बाउसे कि ऊ ट्याक्टरको बाउसे हो ? …. कन्फुज !!🙂

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s