केहि कविता (भिडियो)

यी कविताहरुको वाचन एउटा अनलाइनका लागि रेकर्ड गरिएका हुन्।

त्यता हेर्न नपाउनेहरुका लागि ब्लगमा पनि हालेको हुँ। चित्त नबुझे भन्नुहोला है। 🙂

Advertisements

‘छोरा, घर त गयो!’ अडियोसहित

अडियो यसमा:
एउटा सनकी भुईंचालोले
बेस्मारी हल्लाएपछि
बल्ल आँगनमा झर्नु भो बा ।
आँगनमा झरिसक्दा
बा’को सातो पनि झर्यो
झाँको पनि झर्यो
अनि झरे घरका भित्ताहरु,
झ्याल ढोकाका खापा-चौकोसहरु
खाँबा र दलिनहरु
झिंगटीको छानो र टुँडालहरु !
गर्ल्यामगुर्लुम्मऽऽऽ घर ढल्दा
एक भकारी धानसँगै
एक पाथी मकैको बीउ पुरियो
पुरिए एक थान खुशी
र आमाको सन्दुकभित्र निस्सासिएको
सपनाको एक गाँठो बीउ ।

Continue reading

दोष

 rubbish_bags_33

गगनभेदी भवनको तेह्रौं तल्लाको झ्यालबाट

शहरले

काऽऽलो झोला फुत्त फाल्यो

८ लेनको सडकमा !

 

झोलाभित्र भातको डल्ला थियो

भवनभरिको फोहर थियो

च्यातिएर धुजा धुजा पारिएका

कसैका पुराना प्रेमपत्रहरु थिए

महिनौंदेखिका प्रयोग गरिका कण्डमहरु थिए

वा थिए त्यो झोलाभित्र

कसैको भेदन गरिएको टाउको

बारुदहरु, बमहरु, गोली गट्ठाहरु

वा यस्तै यस्तै केहि!

 

३ नम्बरको भकुण्डोजत्रो झोला

यस्तरी बज्रिन्छ सडकमा

सडकको कालोपत्रे डेढ इन्ची भाँस्सिन्छ !

 

भन्नुहोस् हजुर

सडक भाँस्सिनुमा दोष कस्को ?

 

नोट: यसलाई कविता भनेर नबुझियोस्। यो जिज्ञासा हो।

केहि छोटा कविता

बजार
जसको आवाज सुनिइन्छ
उनीहरु पट्टी लाएर 
चुप बसेका छन् ।

 

निवेदन 
आदरणीय सरकार !

(शिवरात्रिको दिन)

मलाई अलिकति भाङ् दिनुस्
कमसेकम 
एकदिन 
म नशामा चुर हुन पाउँ 
र भुल्न पाउँ
मेरो नागरिकता!

 

र विना शिर्षकको यो पनि

जसोतसो त बाँचेकै छ मान्छे
करकारले क्रान्ति नहुँदो रै’छ !
सामन्तीको दरबार हडपेर
निमुखाकाे घरबार जाती नहुँदो रै’छ !!

जीन्दगी ‘सेल’मा

Image

लाग्दैछ
धीत मरुन्जेल बाँचेर
बाँच्दाबाँच्दै दिक्क लागोस् 
सर्फ एक्सेलले मिचिमिचि-धुईपखाली
चट्ट इस्त्री लाउँला 
“सेल-मा जीन्दगी” को तुल टाँगेर
पसल थापुँला 
अनि बेचूँला ‘सेल’मा जीन्दगी ! 

हुन पनि 
ठूलठूला सपनाको प्राइस ट्यागअंकित 
ब्रान्डेड जीन्दगी त 
कहाँ बिक्छन् र अचेल!

गलफत्ती

BOOKकेहिदिनअघि एउटा ‘ठूलो’ भनिने दैनिक पत्रिकाका सम्पादकले लेखेको मोटो र दुब्लो दुइथरि खोल भएको एउटा पुस्तक कृति ठूलै तामझामका साथ लोकार्पण भयो अर्थात लोकमा अर्पण भयो, निकै राम्रो मूल्यमा। मूल्य अर्थात ‘भाउ’, राम्रो अर्थात लोकको खल्तीमा सामान्यतया पुस्तकका लागि नहुने दर वा परिमाण ।

एकछिन घोत्लिऔं ।

यहाँ पुस्तकमा के लेखिएको छ भन्नेबारे कुरा गर्दिनँ । कारण भन्छु ।

यहाँ पुस्तकका लेखक वा लेखकको पृष्ठभूमिबारे कुरा गर्दिनँ । यसको पनि कारण भन्छु ।

कुरा चैं अर्थोकै गर्न खोजेको हो तर यसरी’ सुरु गरियो भने धेरैले पढ्न सक्छन् वा यसप्रति पाठकहरु आकर्षित हुन सक्छन् भनेर यो प्रसँग उल्लेख गरिएको हो । पुस्तकभित्रको कुरा र लेखकको पृष्ठभूमिबारे कुरा गर्दिनँ भन्नुको मूल कारण यहि हो । जसरी बुझ्नुभए पनि हुन्छ ।

अब चुरो कुरातर्फ लागौं है त ।

देशको कुरा नगरौं, शहरमा यो साता चर्चामा रहेका प्रसँगमा माथि उल्लेख गरिएको प्रसँगका साथसाथमा अरु केहि पनि रहे । Continue reading

छयालिस थोप्लो छ माइल

stock-photo-319035-empty-milestoneएउटा शहरदेखि अर्को शहरसम्मको दुरी छयालिस थोप्लो छ माइल । थुप्रै गाउँहरु छिचोलेपछि आउँछ अर्को शहर । बिचमा शहरजस्तो देखिने गाउँहरु पनि आउँछन्, गाउँजस्तो देखिने शहरहरु पनि आउँछन् ।

साँच्चै के हुँदा एउटा गाउँ शहर बन्छ ? के नहुँदा गाउँ गाउँ नै रहन्छ ? फराकिला काला सडकहरुले, अजंगका भवनहरुले, व्यस्त बजारले वा मान्छेका रुपरंगले ? वा तीनै मान्छेहरुबिचका सन्बन्धका पर्खालका उचाइले ? यसको मापन समाजशास्त्रीले गर्लान्, म सानो यात्राको बयान गर्छु छयालिस थोप्लो छ माइलको यात्राको ।

सडक जीवनको पर्याय पनि बन्छ कैलेकाहीं । सपाट, अल्छिलाग्दो, फुंग रंग उडेको सडकको रुपले त्यस्तै देखाउँछ । कैलेकाहीं यहि सडक जीवनको शत्रु पनि हुन्छ । ‘अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र’ भनेर लेखिएका साइनबोर्डहरुले यहि संकेत गर्छ ।

तर जीवनसँग यस्को जस्तोसुकै मेल अनमेल भएपनि हिंड्नुको विकल्प कहाँ छ र ? सडक छोडेर अन्यत्रैबाट हिंड्दा पनि त त्यसलाई बाटो नै भनिदिन्छन् मान्छेहरु । आखिर बाटोलाई नै त हो शहरीयाहरुले सडक भन्ने ।

हो त्यहि बाटो अर्थात सडकमा देखिने सबै कुराहरु याद राख्न कत्ति गाह्रो हुन्छ । सबै कुराहरु बुझ्न र चिन्न अझ कठिन । मान्छेले आफ्नैबारेमा बुझ्न र याद राख्न त सक्दैन, अरु के कुरा भो र ! झन् लेख्न त कहाँको महाभारत ! किनकि लेख्नु भनेको आफ्ना लागि त हो नै, अर्काको लागि ज्यादा हो । रस पुगेन भने पढ्नेलाई निस्तोपनले कोक्याउने, मसला नपुग्दा फेरि खल्लो हुने । कमेन्ट्रीको युगमा जोकोहि पनि टिप्पणी र विश्लेषण गर्न पोख्त भइसकेका छन् । यस्तो युगमा सपाट बयानले काम चलाउन कहाँ सकिंदो हो ?

सडक र जीवन यति गम्भीर विषय हुन् जसमाथि कमेन्ट्री गर्नु सामाजिक संजालमा अटोमेटेट स्टाटस अपडेट गरेजस्तो कहाँ सजिलो हुनु, कमसेकम म सक्दिनँ । Continue reading