प्रेम, विश्वास र आस्था

तिम्रो रापीलो छातीमा
लुटुपुटु लुटुपुटु गरीकन
चिताको आगो निभाउने
अटुट प्रयास गरिरहेको छु ।
म्रिगस्थलिको डांडोबाट
जल्दो चीताको द्रिश्यमा
जिन्दगीको विम्ब कोरिरहेको
म मनमौजी प्रेमी ।

तिम्रा हत्केलाहरुमा
काउकुती लगाइकन
सम्बन्धको डोरिलाई
बागमतीजति नै लम्ब्याइरहेछु ।
पशुपतिको शिरमुनी
चितामाथिको धुवांले
हाम्रो मुटु कुंदिरहेको
म तिम्रो धीर विश्वास ।

म्रिगस्थलिको उकालो त
एकैछिनमा ओर्लिन्छ प्रिया!
पशुपतिको गजुर पो
सधैं उक्लिरहन्छ ।
कलिको निधारमा टेकेर
चन्दनका बुंदहरुमा
मेरो माया भरिरहेको
म तिम्रो चीर आस्था ।

कविता सुन्नको लागि यसमा क्लिक गर्नुहोस् ।

One response to “प्रेम, विश्वास र आस्था

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s