भाषणबाज नेताहरू

दुई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको भाषण सुनेर एकजना विद्वान्ले टिप्पणी गर्नुभयो, ‘ओलीजीको ठट्टा गर्ने शैली मान्नैपर्छ तर त्यत्रो महत्वपूर्ण कार्यक्रममा ठट्टै मात्र गर्न मिल्छ र ?’

ओलीको भाषणमा कटाक्ष, रमाइलो र घुमाउरो भाषामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा र एकीकरणको उद्देश्य र यसका असरबारे हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन । करिब आधा घन्टा लामो मन्तव्यका क्रममा ओलीले प्रयोग गरेको ‘जेट उडाउन दुईजना पाइलट’ भन्ने बिम्बले पनि सर्वाधिक चर्चा पायो । भाषण चलिरहँदा २०–२२ पटक हाँसोका फोहरा छुटे ।

समकालीन नेताहरूमा सबैभन्दा वाकपटु नेता हुन्, केपी ओली । उनले प्रयोग गर्ने मौलिक उखान र टुक्काका कारण राजनीतिमा पटक्कै चाख नहुनेहरूका लागि पनि ओलीको भाषण रुचिकर हुन्छ ।

तर, इतिहासकै सबैभन्दा शक्तिशाली र ठूलो पार्टीका साथै सरकारको समेत प्रमुखले यति ठूलो महत्वको कार्यक्रममा गरेको भाषणमा गम्भीरताको अंश भने थोरै मात्र थियो ।

भनिन्छ, सही व्यक्तिले सही समयमा, सही ठाउँमा दिने सही अभिव्यक्तिले इतिहास बदल्न सक्छ । ओलीको भाषण बिकाउ हेडलाइनहरू त बने, तर इतिहासमा दर्ज हुने हैसियत भने यसले राख्न सकेन ।

ओलीभन्दा अघि भाषणकलाकै कारण जनजनको मनमा बसेका नेता हुन्, मदन भण्डारी । उतिवेला भण्डारीको भाषण प्रत्यक्ष सुनेकाहरूको कथनलाई मान्ने हो भने उनको भाषण सुन्न बिदा लिएर बस्ने सरकारी कर्मचारीसमेत हुन्थे । ०४७ साल चैतमा काठमाडौंको चुनावी सभामा भण्डारीले गरेको भाषणको चर्चा अहिलेसम्म हुन्छ ।

भाषणको रेकर्डिङ सुन्दा तरंगित बनाउँछ । उनको भाषणमा पनि ओलीको जत्तिकै कटाक्ष पाइन्छ । तर, ओलीले प्रयोग गर्ने कटाक्षको शैलीभन्दा भण्डारीको शैली सशक्त लाग्छ । त्यसो हुनुको कारण हो, भण्डारीको शब्दको छनोट र आवाजमा हुने गाम्भीर्य ।

अनुप्रास मिलेका वाक्यहरूको चुस्त गठन र उच्चारणको तिख्खर शैलीका कारण भण्डारीको भाषण सुन्नेहरूमा ऊर्जा पैदा हुन्थ्यो । यसकारण पनि जब–जब नेताहरूको भाषणकलामाथि विश्लेषण सुरु हुन्छ, मदन भण्डारीको उदाहरण प्रकट हुन्छ ।

वाककलाका विज्ञहरूका अनुसार वक्ताले प्रवाह गर्ने सन्देश जति महत्वपूर्ण हुन्छ, सन्देश कसरी प्रवाह गरिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसको अर्थ विषय र ज्ञानमा जतिसुकै निपुण भए पनि प्रस्तुति शैली कमजोर हुने हो भने भाषणले छाड्नुपर्ने प्रभाव छाड्दैन ।

हिटलरको त्यो भाषणकला
विश्वका प्रभावशाली भाषणबाज राजनीतिज्ञको नाम लिनुपर्दा एडोल्फ हिटलर अग्रपंक्तिमा आउँछन् । जर्मनीको इतिहासलाई नजिकबाट नियालेकाहरू भन्छन्– हिटलरको भाषणकला उनलाई त्यो स्तरको शासक बनाउने प्रमुख कारकमध्ये एक थियो ।

Continue reading

Advertisements

किन कागजमा हेरेर भाषण गर्छन् हाम्रा प्रधानमन्त्री?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन्। यसै सिलसिलामा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवा एउटै मन्चमा उभिएर संयुक्त पत्रकार सम्मेलन गरे। दुवैले आआफ्नो भागको मन्तव्य दिए। औपचारिक भ्रमणका क्रममा हुने थुप्रै कार्यक्रममध्ये यो एउटा नियमित कार्यक्रम हो।

तर पत्रकार सम्मेलनको भिडियो हेर्नुभएको भए तपाईंमध्ये कतिपयलाई लाग्न सक्छ, भारतका प्रधानमन्त्रीले धाराप्रवाह मन्तव्य दिंदा नेपालका प्रधानमन्त्रीले चाहिं किन कागजमा हेरेर मन्तव्य दिएका होलान् ? नेपालका प्रधानमन्त्रीले मोदीले जस्तो किन बोल्न सक्दैनन् ?

 

Continue reading

हाम्रो शत्रुलाई परास्त कसरी गर्ने?

डर मानिसको सबैभन्दा ठूलो शत्रु हो। तर डर नभएको मानिस हुँदैन। हरेक व्यक्तिमा कुनै न कुनै कुराको डर हुन्छ। प्रकट हुनु नहुनु फरक कुरा हो।

मानिसहरुको सामू बोल्नुपर्दा लाग्ने डर धेरैमा हुने डरमध्येको एउटा हो। त्यसैले त कतिपय अध्येताहरु डरलाई संसारकै सबैभन्दा धेरै मानिसमा हुने डरको रुपमा व्याख्या गर्दछन्। कतिपयले यसलाई मृत्युदेखिको डरभन्दा पनि ठूलो डर भन्दछन्। यहि डरका कारण धेरै मानिसले आफुले अपेक्षा गरेको प्रगति हासिल गर्न सकिरहेका हुँदैनन्। डर सामान्य र स्वभाविक कुरा हो तर यसको परिणाम असामान्य र अस्वभाविक हुन सक्दछ। त्यसैले प्रगतिका लागि वा सफलताका लागि डरलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ।

‘मास’को अगाडि बोल्नुपर्दा लाग्ने डर नियन्त्रण गर्न सकिने कुरा हो। निरन्तरको अभ्यासले डरलाई नियन्त्रण गर्न सकिन्छ। तरिका मिलाएर अभ्यास गर्ने हो भने यो डर नियन्त्रण गर्न धेरै समय पनि लाग्दैन।

पब्लिक स्पीकिङ् (भाषण कला) बारे तालिम दिन जुनसुकै खालको समूहमा पुग्दा पनि अधिकांसले सोध्ने प्रश्न नै डरसँग सम्बन्धित हुन्छ।

यसभन्दा अघि मैले भाषणको सुरुवात कसरी गर्दा प्रभावकारी हुन्छ भन्नेबारे केहि भिडियो तयार पारेर देखाएको थिएँ। त्यसपछि मैले केहि भिडियो यहि डर कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा तयार पारेको छु।  Continue reading