कस्तो विद्यालय ? कस्तो शिक्षा ?

Education-Graphics-5acd84289ada77.24598551

स्कुलहरूमा नयाँ भर्नाको मौसम सुरु हुँदैछ। ‘नवीनतम र आधुनिक तथा विश्वस्तरीय शिक्षा’ को नारा लिएर आउने मौसमी विज्ञापनहरूले अबको केही महिना हाम्रा कान पाक्नेछन्। अभिभावकहरूले विभिन्न नाम चलेका र जबर्जस्ती नाम चलाउन खोजिएका स्कुलमा आफ्ना केटाकेटीलाई दसैं बजारमा खसीबोका जोखेजस्तो जोख्न लैजानेछन्। पैसा र पावर दुवै भएका अभिभावकले जसरीतसरी तौल पुर्‍याउनेछन् र छाती फुकाएर निस्कनेछन्। खल्तीमा पैसा नभएका र पावरका नाउँमा ‘जनसम्पर्क’ नभएका अभिभावक निन्याउरो मुख लगाएर फर्किनेछन् र छोराछोरीलाई घरनजिकको स्कुलमै पढाउनुपर्ने वकालतमा उत्रिनेछन्।

अमेरिकाका मुस्लिम नेता माल्कम एक्सले भनेका थिए, ‘तपाईंहरूसँग विद्यालय र विश्वविद्यालय छ भन्दैमा तपाईंहरूसँग शिक्षा पनि छ भन्ने अर्थ लाग्दैन।’

Continue reading

मध्यरातमा उडेको जहाज

कविता

मध्यरातमा उड्यो

विशाल यात्राको गर्जनसहित

एउटा निर्जिव हवाइजहाज।

पखेटा फिंजाएर जब उड्यो जहाज

जहाजसँगै उडे केहि थान सपना

जहाजसँगै उडे केहि थान भविष्य

Continue reading

हामीले सुन्ने र सुनाउने कथाहरु फेर्ने बेला भएन?

माघको अन्तिम शनिबार ३० वर्षमुनिका युवाहरुको एउटा राष्ट्रिय सञ्जालले आफ्नो वार्षिक सभामा मलाई ‘नयाँ उद्यमीहरुका लागि सञ्चार सीप’ विषयमा प्रस्तुति दिन बोलाएको थियो। युवाहरुका लागि विभिन्न तालिम गरिरहने भएकाले मेरा लागि यो अवसर पनि थियो।

चितवनको सभामा पुग्दा कार्यक्रमको उद्घाटन समारोह बल्ल सुरु हुँदै थियो। देशभरिबाट करिब ८ सय युवा सहभागी कार्यक्रममा मञ्चमा बोलाइएका करिब सबै ३० वर्ष हाराहारीकै थिए। मञ्चमा कार्यक्रम सञ्चालन गर्ने र बोलाइएका अतिथिहरुलाई खादा र फूलमाला लगाइदिने महिला थिए भने आसन ग्रहण गराइएका सबै जना पुरुष थिए। अर्थात् सम्मान गरेर बोलाउनेहरु सबै महिला, बोलाइएका चाहिँ पुरुष। Continue reading

याद

हिउँदको एक बिहान
अनायासै तिम्रो याद आयो
र अनायासै पानी पर्‍यो।

अघिल्लो दिन पनि
तिमीलाई सम्झेरै ब्यँझेको थिएँ
अनि बल्ल घाम उदाएको थियो
तिमीलाई सम्झेकै बेला
दिन ढलेको थियो।

अघिपछि तिमीलाई सम्झिंदा
कि साँझ पर्थ्यो कि बिहानी हुन्थ्यो
ठिकै छ, अब तिम्रो याद आउँदा
पानी पनि पर्न थालेछ।

विन्टरचोक, हिउँद र समयको तापक्रम

विन्टरचोकको राजधानी चोकको अलिक भित्रपट्टिको महानगरीय चोकको ‘क्याफे’ नाम दिइएको हरियो पर्दावाला रक्सीको वर्कशपमा बिहानै २ ट्वाक लगाएको एउटा आदिम मान्छेले आफुले किन चुनावमा भोट नहालेको भन्नेबारे प्रष्टिकरण प्रस्तुत गर्दैछ । वर्कशपकी प्रोप्राइटर भलाद्मी महिलाले बुझेको के मात्रै भने, ति ढलपल गर्दै गरेका भद्र पुरुष नागरिकताविहिन नागरिक हुन्। बाउले सही नगर्दिएर नागरिकता नपाएका रहेछन् भन्ने कुरा बुझ्न प्रोप्राइटरज्युको न चेतनाले भ्यायो, न फुर्सदले।

वर्कशपको ठ्याक्कै बाहिर थ्याच्च बसिरहेकी अनुहार नपरेकी अधबैंसे महिला ‘क्रान्ति’मा हराएको छोरा खोज्न विन्टरचोकमा आएकी हुन्। उनको निधार र गालामा देखिएका रेखाहरुले नै भन्छन् कि विन्टरचोकमा झरेको निकै साल भइसक्यो र अब छोरालाई होइन, उनले अब आफैंलाई भेट्ने छैनन्।

अब त्यहाँबाट थोरै बाहिर निस्किउँ। गल्छेडोबाट निस्केर दायाँपट्टि मध्यमवर्गीयहरुको जुत्ता टल्काउँदै जुत्ता धनीलाई उच्चवर्गीय बनाइरहेको ‘कफी वर्ण’को किशोरलाई उच्चवर्गीय बनिसकेपछि जुत्ता धनी ज्यालामा किचकिच गरिरहेको छ । यो र यस्ता केही लाख चित्रको बयान गरेर हजार शाखा भएका गैरसरकारी संस्थाका प्रमुखले त गर्न सक्दैनन् म के सकूँला?

तर यसका बाबजुद पनि विन्टरचोक गुल्जार छ।

हो, विन्टरचोक बडा गुल्जार छ। गुल्जार के अर्थमा भने विन्टरचोकमा अचेल गर्मी छ। यो हिउँदमा कसरी गर्मी? Continue reading

किन कागजमा हेरेर भाषण गर्छन् हाम्रा प्रधानमन्त्री?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन्। यसै सिलसिलामा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवा एउटै मन्चमा उभिएर संयुक्त पत्रकार सम्मेलन गरे। दुवैले आआफ्नो भागको मन्तव्य दिए। औपचारिक भ्रमणका क्रममा हुने थुप्रै कार्यक्रममध्ये यो एउटा नियमित कार्यक्रम हो।

तर पत्रकार सम्मेलनको भिडियो हेर्नुभएको भए तपाईंमध्ये कतिपयलाई लाग्न सक्छ, भारतका प्रधानमन्त्रीले धाराप्रवाह मन्तव्य दिंदा नेपालका प्रधानमन्त्रीले चाहिं किन कागजमा हेरेर मन्तव्य दिएका होलान् ? नेपालका प्रधानमन्त्रीले मोदीले जस्तो किन बोल्न सक्दैनन् ?

 

Continue reading