विन्टरचोक, सन्नाट्टाको सुनामी र हु किल्ड निर्मलाको स्टिकर

विन्टरचोक ह्याट लगाएर स्ट्याचु अफ लिबर्टी भएर उभिएको छ मण्डलको ठिक सेन्टरमा। सेन्टर भन्दैमा त्यो म:म: सेन्टर हो भनेर बुझ्न हुन्न जसरी हरेक कर्नर सेकुवा कर्नर हुँदैनन्। यसो भन्दा विन्टरचोक एकदम शिताङ्ग भएर चुपचाप बसेको छ, चिल्ड एण्ड फ्रिज्ड भन्ने बुझ्नुपर्छ।

रातभरि शीत झरिरहे तप्प तप्प। राष्ट्रिय झण्डा लुत्रुक्क स्टाइलमा मुजा परेको छ, मध्य हिउँदमा साडीले मात्रै बेरिएर ‘जन्ती, दि फ्रिडम’मा पार्टी गर्न हिंडेकी युवतीको मनजस्तै। बिहान झण्डाको लत्रिएको फेरबाट तप्प तप्प शीत चुहिरहेका छन्, ठ्याक्कै त्यसैगरि, जसरी गुर्खालीले मान्छे छप्काएपछि उसको खुकुरीको टुप्पोबाट शत्रुको ‘घीनलाग्दो’ रगत तप्पतप्प चुहिन्छ। कसले ध्यान दिएर हेर्छ र जाबो झण्डाको शीतवाला ड्रेनेज ? थोडी यो भर्खरै बलात्कृत कुनै बालिकाको योनिबाट झर्दै गरेको बलात्कारीको फ्रेस एण्ड वार्म विर्य हो र?

मान्छेका आँखा पनि अचम्मका छन्, क्रेजी फ्रिकिङ् ह्युमन आइज। ठूल्ठूला कुरा मात्र हेर्न खोज्ने, झिलिमिलीमात्रै देख्ने। जस्तो भनौं न.. बलात्कारपछि पाशविक तरिकाले मारिएकि बालिकाको फोटोसहित निस्केको मौन प्रभावफेरोमा केही मान्छेका आँखाहरुले फेरोमा हिंडिरहेका युवतीका कलरफूल चश्मा देख्ने, सबैले बोकेका बलात्कृत बालिकाको फोटो नदेख्ने, सेल्फी लिएको देख्ने, मनमा परेको चोट नदेख्ने। हाउ क्रुअल… क्रेजी फ्रिकिङ् आइज।

विन्टरचोक त्यही भएर पनि चुपचाप छ, शान्त छ। जति मौन सामान्यतया न्याय माग्दा सरकारहरु हुन्छन्, त्योभन्दा एक सिपमात्रै कम। एक हिसाबले यसको छातिमा सन्नाट्टाको सुनामी चलिरहेको छ। सन्नाट्टाको सुनामी ? यो के बात भयो फेरि ? अरे बाबा, अपराधिले अपराध स्वीकार गर्दासमेत “वाह क्या नैतिकता!” भनेर स्ट्यान्डिङ् ओभेसन दिन हुने, सन्नाट्टाको सुनामी भन्न नहुने? बरु विन्टरचोकको छातिमा चलिरहेको सन्नाट्टाको सुनामी भन्या कस्तो हो, त्यो कुरा गरौं न! Continue reading

साेध्नु छ

कविता

सोध्नु थियो केही कुरा
जस्तो कि
माटाका घर बनाउँदै खेल्दै थिए साना नानीहरू
एउटा गाडी सातो फेर्दै आयो र गयो नानीहरू तर्साएर
त्यो बत्तिएर भर्खरै गएको चिल्लो गाडी कसको हो ?
गाडीमा फरफराएको त्यो रातो झन्डा कसको हो ? Continue reading

प्रश्नमाथि शंका

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग अन्तर्वार्ता गरिएको सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा प्रसारित एक टेलिभिजन कार्यक्रम बन्द भएको विषयले यो साता खुबै चर्चा पायो । केही ‘कडा’ प्रश्न सोधिएको कारण सञ्चारमन्त्री बाँस्कोटाको ठाडो आदेशमा कार्यक्रम ‘बन्द गरियो’ भन्ने प्रचारमा आयो ।

टेलिभिजन प्रशासनले आन्तरिक कारणले कार्यक्रम बन्द भएको हो भन्ने प्रस्टीकरण दिइरहँदा पत्रकारको प्रश्न सोध्ने अधिकार सुरक्षित भएन भन्नेहरू र प्रश्न सोध्ने पत्रकारको नियत नै ठीक भएन भन्नेहरूबीच जुहारी नै चल्यो ।

नेपाली पत्रकारितामा ठीक प्रश्न सोधियो वा सोधिएन भन्नेभन्दा पनि कसले सोध्यो, कहाँ सोध्यो, किन सोध्यो भन्ने जस्ता कुराले महत्व पाउँदै आएको छ । जब कि प्रश्न सही सोधियो वा गत सोधियो भन्ने विषय महत्वपुर्ण हुनुपर्ने हो। तर विडम्बना, हाम्रो बहसको बाटो नै फरक छ ।

प्रश्नमाथिको अधिकार

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै प्रश्नको अधिकार हो । लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ । आफूले जान्न चाहेका विषयमा सत्तामा रहेकाहरूसँग होस् वा प्रतिपक्षमा रहेकाहरूसँग सोध्न पाइन्छ । खासमा लोकतन्त्रलाई ‘लोकको तन्त्र’ बनाउने पनि लोकले गर्न पाउने प्रश्नले नै हो । प्रश्नै सोध्न नपाइने व्यवस्थालाई लोकतन्त्र भनिँदैन, त्यसलाई निरंकुशता, अधिनायकवाद वा त्यस्तै केही नाम दिइन्छ ।

Roopesh-shrestha-_-enayapatrika-768x366

नागरिकले सधैँ प्रश्न सोध्ने समय, अवसर र अवस्था नहुने भएको हुँदा लोकको प्रश्न सोधिदिने र जवाफ मागिदिने काम पत्रकारिताले गर्छ । त्यसैले लोकतन्त्रमा प्रेस र प्रकाशनको स्वतन्त्रताको अधिकारलाई स्थापित गरिएको हुन्छ । त्यसकै आधारमा मिडियालाई राज्यको चौथो अंग पनि भनिन्छ । कल्पना गरौँ, यदि मिडियाले प्रश्न सोधिदिएन भने के हुन्छ ? Continue reading

किन हुन्छ विद्यालयमा हडताल? कसले दिने जवाफ?

तपाईँका स्कुल पढ्ने केटाकेटी छन् र तिनीहरु निजी स्कुलमा पढ्छन् भने पक्कै तपाईँको सोमबारको बिहान (२० जेठ २०७५) सुखद भएन। अरु अभिभावक जस्तै आफ्ना नानीलाई स्कुल पठाउने तयारी गरिरहँदा स्कुलले पठाएको सूचना तपाईंको मोबाइलमा बजेको हुनुपर्छ, जसमा ‘टार्न नसकिने कुनै समस्याका कारण आज विद्यालय बन्द रहने’ भन्ने व्यहोरा उल्लेख थियो।

कतिपयले पाएको सूचनामा ‘शैक्षिक हडतालका कारण’ भन्दै विद्यालय बन्द हुने जनाउ दिइएको हुनुपर्छ। अथवा कतिले फेसबुकमा रहेको बच्चाको स्कुलको एकाउन्टबाट यस्तो सूचना पाउनुभयो होला। यति सूचना पाएपछि तपाईंलाई कस्तो अनुभव भयो होला? म अलिअलि अनुमान गर्न सक्छु।

तपाईंमध्ये कतिले यस्तो सूचना पाउनुभएन होला र बच्चा स्कुल पुगेपछि मात्र बन्दबारे थाहा पाए होलान्। स्कुलबाट कति विद्यार्थीले विद्यालय बन्द हुनुको खास कारण थाहा पाए होलान्, त्यसको अनुमान भने गर्न सक्दिनँ।

यसअघि पनि धेरैपटक यसैगरी स्कुलहरु बन्द भएका छन्। कहिले राजनीतिक दलहरुको आह्वानमा त कहिले विद्यार्थी संगठनहरुको आह्वानमा। कहिलेकाहीँ शिक्षकहरुकै आन्दोलनका कारण पनि विद्यालयहरु बन्द भएका छन्। यी बन्दहरु भइरहँदा बन्दकर्ता दल वा कुनै पनि संगठनले उठाएका माग विद्यालयको शिक्षा, शुल्क वा विद्यार्थीको हकहितका लागि थिए कि थिएनन् भन्ने कुराको लेखाजोखा कसले गरेको होला? त्यो एकातिर छ। तर, यसरी विद्यालयहरु अनायासै किन बन्द हुन्छन्? यसको जवाफ खोज्नु भने महत्त्वपूर्ण छ।

Continue reading

भाषणबाज नेताहरू

दुई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको भाषण सुनेर एकजना विद्वान्ले टिप्पणी गर्नुभयो, ‘ओलीजीको ठट्टा गर्ने शैली मान्नैपर्छ तर त्यत्रो महत्वपूर्ण कार्यक्रममा ठट्टै मात्र गर्न मिल्छ र ?’

ओलीको भाषणमा कटाक्ष, रमाइलो र घुमाउरो भाषामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा र एकीकरणको उद्देश्य र यसका असरबारे हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन । करिब आधा घन्टा लामो मन्तव्यका क्रममा ओलीले प्रयोग गरेको ‘जेट उडाउन दुईजना पाइलट’ भन्ने बिम्बले पनि सर्वाधिक चर्चा पायो । भाषण चलिरहँदा २०–२२ पटक हाँसोका फोहरा छुटे ।

समकालीन नेताहरूमा सबैभन्दा वाकपटु नेता हुन्, केपी ओली । उनले प्रयोग गर्ने मौलिक उखान र टुक्काका कारण राजनीतिमा पटक्कै चाख नहुनेहरूका लागि पनि ओलीको भाषण रुचिकर हुन्छ ।

तर, इतिहासकै सबैभन्दा शक्तिशाली र ठूलो पार्टीका साथै सरकारको समेत प्रमुखले यति ठूलो महत्वको कार्यक्रममा गरेको भाषणमा गम्भीरताको अंश भने थोरै मात्र थियो ।

भनिन्छ, सही व्यक्तिले सही समयमा, सही ठाउँमा दिने सही अभिव्यक्तिले इतिहास बदल्न सक्छ । ओलीको भाषण बिकाउ हेडलाइनहरू त बने, तर इतिहासमा दर्ज हुने हैसियत भने यसले राख्न सकेन ।

ओलीभन्दा अघि भाषणकलाकै कारण जनजनको मनमा बसेका नेता हुन्, मदन भण्डारी । उतिवेला भण्डारीको भाषण प्रत्यक्ष सुनेकाहरूको कथनलाई मान्ने हो भने उनको भाषण सुन्न बिदा लिएर बस्ने सरकारी कर्मचारीसमेत हुन्थे । ०४७ साल चैतमा काठमाडौंको चुनावी सभामा भण्डारीले गरेको भाषणको चर्चा अहिलेसम्म हुन्छ ।

भाषणको रेकर्डिङ सुन्दा तरंगित बनाउँछ । उनको भाषणमा पनि ओलीको जत्तिकै कटाक्ष पाइन्छ । तर, ओलीले प्रयोग गर्ने कटाक्षको शैलीभन्दा भण्डारीको शैली सशक्त लाग्छ । त्यसो हुनुको कारण हो, भण्डारीको शब्दको छनोट र आवाजमा हुने गाम्भीर्य ।

अनुप्रास मिलेका वाक्यहरूको चुस्त गठन र उच्चारणको तिख्खर शैलीका कारण भण्डारीको भाषण सुन्नेहरूमा ऊर्जा पैदा हुन्थ्यो । यसकारण पनि जब–जब नेताहरूको भाषणकलामाथि विश्लेषण सुरु हुन्छ, मदन भण्डारीको उदाहरण प्रकट हुन्छ ।

वाककलाका विज्ञहरूका अनुसार वक्ताले प्रवाह गर्ने सन्देश जति महत्वपूर्ण हुन्छ, सन्देश कसरी प्रवाह गरिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसको अर्थ विषय र ज्ञानमा जतिसुकै निपुण भए पनि प्रस्तुति शैली कमजोर हुने हो भने भाषणले छाड्नुपर्ने प्रभाव छाड्दैन ।

हिटलरको त्यो भाषणकला
विश्वका प्रभावशाली भाषणबाज राजनीतिज्ञको नाम लिनुपर्दा एडोल्फ हिटलर अग्रपंक्तिमा आउँछन् । जर्मनीको इतिहासलाई नजिकबाट नियालेकाहरू भन्छन्– हिटलरको भाषणकला उनलाई त्यो स्तरको शासक बनाउने प्रमुख कारकमध्ये एक थियो ।

Continue reading

मोदीको भाषण प्रभावकारी हुनुको रहस्य

सार्वजनिक मञ्चहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने भाषणहरूको सकारात्मक होस् वा नकारात्मक चर्चा भने सधैँ हुने गर्छ । भाषणमा उनले उठाउने विषयको त चर्चा हुने भई नै हाल्यो त्यसबाहेक उनले प्रयोग गर्ने शब्द र शब्दावलीका साथै उनको भावभङ्गिमाको पनि चर्चा हुने गर्छ। यसका विभिन्न कारणमध्ये एउटा हो– ट्रम्पले गर्ने अभ्यास । महत्त्वपूर्ण भाषण गर्नुअघि ट्रम्पले समेत अभ्यास गर्छन् भन्ने सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, विश्वका प्रभावशाली मानिने प्रायः सबै नेताले आफ्नो भाषणमा निकै मेहनत गर्छन् । राष्ट्रपतिका रूपमा अमेरिकी कंग्रेससामु भाषण दिनुअघि ट्रम्पले आफ्नो कारमा बसेर भाषणको अभ्यास गरेको संचारमाध्यमको क्यामरामा कैद भएको दृश्य त्यतिबेला सार्वजनिक पनि भएको थियो ।

डोनाल्ड ट्रम्प कारमा भाषणको अभ्यास गर्दै गरेको दृश्य संचारमाध्यमको क्यामरामा।

ट्रम्पका पूर्ववर्ति राष्ट्रपति बाराक ओबामाको भाषण कलाको तारिफ नगर्ने त कोही नहोलान् । ओबामा निकटहरूका अनुसार ओबामाले आफूले गर्ने अधिकांश भाषण आफैँ लेख्ने गर्थे र अभ्यास पनि गर्थे । सन् २००४ मा डेमोक्रेटिक नेसनल कन्भेन्सनमा ओबामाले गरेको भाषणलाई धेरैले उनलाई राष्ट्रपति बनाउने भाषण भन्छन् ।

कैयौं अमेरिकीमा आशा र भरोसाको संचार गर्न सफल त्यो भाषणको तयारीमा ओबामाले महिनौं लगाएको जानकारहरु बताउँछन् । भाषणकै तयारीका लागि उनले आफ्ना अरू काम छोडेर कैयौं रात होटलमा बिताएकी जे न्युटन स्मलले ‘टाइम’ पत्रिकामा उल्लेख गरेकी छन् । Continue reading