झापा लखनपुरका जनक पौड्याल अचेल काठमाडौं खाल्डोका रैथाने भएका छन्।
कुनै समय ‘अनाम मण्डली’का गजलकार मण्डले बनेर (मण्डलीका सदस्य भएकाले मण्डले भनिएको, अर्को अर्थ नलगाइकन बुझौं) लेखनमा निकै कि्रयाशील रहे यिनी । अचेल काठमाडौंको रैथाने बन्ने धूनमा भिडमा हराउन थालेका छन्।
भिडबाट अगलग्ग उभिने चाह हुँदाहुँदै उनीजस्तै कति होलान् भिडमा यसरी हराउने? सहकर्मी भएर सँगै उठबस गर्दा यिनका पुराना गीत, कविता र गजल थुप्रै सुनियो र पढियो । तर पछिल्ला दिनहरुमा यीनका नयाँ रचनाहरु पढ्न सुन्न पाइएको छैन । यद्यपि पुरानै कविताहरु पढिरहँदा आफ्नै ब्लगमा एउटा साभार गर्न मन लाग्यो ।
तिम्रो सम्झनाको बादल
यो क्षितिज पारिसम्म फैलिएको
तिम्रो सम्झनाको बादल
आज झरी बनेर आयो
बताससँगै पसेकी तिमी
मेरो आल्मारीभित्रै पुग्यौ
मैले थन्क्याएको
प्रेमको रेशमी अतीतलाई
लछप्पै भिजाएर गयौ ।
छामेँ
आल्मारीमा थन्क्याएको मेरो मन
चिसो-चिसो
हेरेँ
एकजोडा मेरै आँखा
ओसिला-ओसिला
एकै झोँकामा
तिमीले उदाङ्गो बनाएको
मेरो आल्मारी
खुल्लै छोडेको छु
आऊ अझै
भिजाएर जाऊ
मैले सुकाएको
मेरै सपनाको बिस्कुन
उडाएर लैजाऊ
मैले टाँगेको
मेरै जिन्दगीको
एउटा थोत्रे कमिज
अर्को झरी पर्दासम्म
म मरुभूमिको यात्रामा
निस्किसकेको हुनेछु ।
मितिः २०६३-११-१०
ramro cha janak gee…..
LikeLike
Nice Janak Touch my heart
LikeLike
kasto daami kabita yar janak ji, mad bhaye ma ta.. yesto daami lekhni manchhe kina lekhna chhodeko yar.. plz janak ji, I want more…seriously.
LikeLike
राम्रो छ कविज्यु ।
दोस्रो हरफको चौथो लहरमा भनिएको लछप्पै भन्ने शब्द चाहि मैले बुझिन है ।
LikeLike
brother moro laage one love kabihetar send gor denu hos law …plz maro facebook ko id ho kamalgoutham02 law brother ji
LikeLike