तिम्रो सम्झनाको बादल – जनक पौड्याल

झापा लखनपुरका जनक पौड्याल अचेल काठमाडौं खाल्डोका रैथाने भएका छन्।

कुनै समय ‘अनाम मण्डली’का गजलकार मण्डले बनेर (मण्डलीका सदस्य भएकाले मण्डले भनिएको, अर्को अर्थ नलगाइकन बुझौं)  लेखनमा निकै कि्रयाशील रहे यिनी । अचेल काठमाडौंको रैथाने बन्ने धूनमा भिडमा हराउन थालेका छन्।
भिडबाट अगलग्ग उभिने चाह हुँदाहुँदै उनीजस्तै कति होलान् भिडमा यसरी हराउने? सहकर्मी भएर सँगै उठबस गर्दा यिनका पुराना गीत, कविता र गजल थुप्रै सुनियो र पढियो । तर पछिल्ला दिनहरुमा यीनका नयाँ रचनाहरु पढ्न सुन्न पाइएको छैन । यद्यपि पुरानै कविताहरु पढिरहँदा आफ्नै ब्लगमा एउटा साभार गर्न मन लाग्यो ।

तिम्रो सम्झनाको बादल

यो क्षितिज पारिसम्म फैलिएको
तिम्रो सम्झनाको बादल
आज झरी बनेर आयो

बताससँगै पसेकी तिमी
मेरो आल्मारीभित्रै पुग्यौ
मैले थन्क्याएको
प्रेमको रेशमी अतीतलाई
लछप्पै भिजाएर गयौ ।

छामेँ
आल्मारीमा थन्क्याएको मेरो मन
चिसो-चिसो
हेरेँ
एकजोडा मेरै आँखा
ओसिला-ओसिला

एकै झोँकामा
तिमीले उदाङ्गो बनाएको
मेरो आल्मारी
खुल्लै छोडेको छु

आऊ अझै
भिजाएर जाऊ
मैले सुकाएको
मेरै सपनाको बिस्कुन
उडाएर लैजाऊ
मैले टाँगेको
मेरै जिन्दगीको
एउटा थोत्रे कमिज

अर्को झरी पर्दासम्म
म मरुभूमिको यात्रामा
निस्किसकेको हुनेछु ।

मितिः २०६३-११-१०

5 responses to “तिम्रो सम्झनाको बादल – जनक पौड्याल

  1. राम्रो छ कविज्यु ।
    दोस्रो हरफको चौथो लहरमा भनिएको लछप्पै भन्ने शब्द चाहि मैले बुझिन है ।

    • brother moro laage one love kabihetar send gor denu hos law …plz maro facebook ko id ho kamalgoutham02 law brother ji

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s