तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।


कोही दुब्ला मसिना, कोही मोटाघाटा, अग्ला होचा सबै प्रकारका सपनाहरु विभिन्न भाउमा बिक्रिमा छन। यहाँ सपना किन्नेहरुको त त्यती घुइंचो छैन, तर सपना बेच्नेहरुको चाहीं ठुलै घुइंचो देखिन्छ । कसैले मेरो सपना पनि बिक्रिमा राखिदीए कती जाती हुन्थ्यो होला !

सपनाको ब्यापार खै किन हो, कसरी हो, खुबै फस्टाएको पनि छ । कैलेकाही सोच्छु, यो जागिर सागिर सबै छोडेर म पनि सपना बेच्न बसुं कि के हो ! बेच्न हुने खालका सपना धेरै छन मसँग ।

बजारमा देखिने भन्दा पनि चम्किला र सुकिला । खाइलाग्दा, राम्रा, चिटिक्क परेका सपनाहरु धेरै छन म सँग । बेच्न बसें भने अरुकोमा भन्दा मेरैमा धेरै घुइंचो हुन्छ होला । तर अरुले पनि यस्तै पो सोच्छन कि, थाहा छैन ।

हुन पनि मेरो देश, मेरो मुलुक, मेरो मातृभूमी सपना रोपेर हुर्क्याउनको लागि मलिलो छ । यहाँ सपनालाई स्वस्थ पारेर उमार्न र स्यहार्न सजिलो छ । मलजलको कुनै चिन्ता पनि छैन । प्राङारिक मल, कम्पोस्ट मल, रसायनिक मल, सबै प्रकारमा मलहरु पाईन्छन । हावापानी पनि उत्तिकै राम्रो छ ।

अरु त अरु, यहाँ सपना हुर्किनु अघिदेखी सपनाका राम्रा ग्राहकहरु खोजिदिने दलालहरुको पनि कुनै कमी छैन । यसैले पनि होला, बेच्ने कहिलेपनी नसोचेको भएपनी मेरो करेसामा मैले आली मिलाएर, गोडमेल गरिकन सपनाहरु उमारेको छु ।

छिमेकीहरुले पनि खुबै आँखा लगाएका थिए । मलाई अचेल डर लाग्न थालेको छ, कतै मैले उमारेका यी सपनाहरु यसै मर्ने त होइनन ?

म अब यी सपनाहरु बेच्ने तयारी गर्ने मूडमा छु । साच्चै तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

16 responses to “तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

    • हरिराजजी, धन्यवाद है । पछि पछि पनि हेर्दै गर्नुहोला ।

      Like

    • तर क्रेताको गोजीमा भनेको बिक्रेताको गोजीमा भनिपठाएको रहेछु नि । क्या फसाद !

      Like

      • no problem…!! आफ्नै खल्ती देखेर होला मैले नि क्रेताकै गोजिमा बुझेको थिएँ…

        Like

  1. हल्ला बजारमा जे सुकै चलोस् बिक्रेताको गोजीमा आर्थिक मन्दी छाएको छ त्यसैले सपनाको ब्यापार नगरेकै जाती ।

    Like

  2. मेरा हाशोको के मोल गरौ म बजारमा
    अन्योल अनी भ्रमको अंध्यरोमा
    मेरा आन्शुको के मोल होला हजारमा
    छ्टपटी र नियमितता उज्यालोमा!!!

    किनबेच भन्दा पनि,सपना साट्ने कुराचै साह्रै चित्त बुझ्दो लाग्यो मलाई।

    Like

  3. सबैका सपनाहरू मिलाएर ठूलै टेन्डर आब्हान गरेर बेच्ने हो कि रूपेशजी?

    Like

  4. सपना बेचेपछि त मान्छेको भविष्य नै सकियो नि है न त । सपना रहुन्जेल न हो मान्छे आशावादी बन्ने ।

    Like

  5. रुपेशजी, म आफैंसंग पनि बेच्न नसकेका सपनाहरुको भारी ठूलै भएकोले तपाईँका सपनाहरु किन्न असमर्थता जनाउन चाहन्छु, माफ गर्नुहोला। बरु हामीले आफ्ना सपनाहरु साटासाट पो गर्ने हो कि:)

    लेखाइ साह्रै सुन्दर लाग्यो।

    Like

प्रतिकृया लेख्नुहोस्