अलिकति फरक कुरा

ब्लगमा निकैपछि पसें। अघिपछि कथा कविता, तिनकै अडियो वा भिडियो रेकर्डिङहरु हाल्ने गर्थे‌ं। त्यहि नहालेको नि निकै भएछ। आज अलिकति फरक कुरा यता पोस्ट गर्दैछु।

लामो समयसम्म भाषण कला (Public Speaking) बारे तालिमहरु संचालन गरेपछि अनलाइनमा सम्पर्कमा रहेका थुप्रै साथीहरुले मलाई कुनै न कुनै तरिकाले हामीलाई पनि तालिम चाहियो भन्ने खालका कुराहरु राख्ने गर्नुहुन्छ। सम्भव भएसम्म र फुर्सद भएसम्म धेरैभन्दा धेरैलाई आफुले अलिअलि भएपनि जानेको कुरा सिकाउन पाए म पनि खुशी नै हुन्छु र त्यसो गरी पनि रहेकै छु। तर कति साथीकोमा विभिन्न कारणले पुग्न सकिंदैन। त्यसो भए ति साथीहरुलाई मैले कसरी सहयोग गर्न सक्छु त भन्ने सोच्दै गर्दा आइडिया फुर्‍यो.. युट्युबमा भिडियो पोस्ट गर्ने। गजब। ठिक छ, त्यसै गरौं… आफ्नै सिप पनि निख्खारिने, अरुलाई पनि सिकाउन पाइने भनेर केहि भिडियो बनाउन थालें।

सुरुवातमा “भाषण कसरी सुरु गर्ने?” भन्ने शिर्षकमा दुइवटा भिडियो तयार पारें। एउटा चाहिं धनकुटामा विद्यार्थीहरुलाई तालिम दिंदै गर्दाको सानो अंश राखेर र अर्को आफैंले शुट गरेर। ति दुई भिडियो युट्युबमा हेरेर धेरै साथीले मलाई प्रोत्साहन गर्नुभएको छ। उहाँहरु सबैलाई धन्यवाद भन्दै तिनै भिडियो ब्लगमा पनि शेयर गरौं भनेर यता हालेको छु। लौ, मनपरे अरुलाई, नपरे मलाई भन्नुहोला।

‘छोरा, घर त गयो!’ अडियोसहित

अडियो यसमा:
एउटा सनकी भुईंचालोले
बेस्मारी हल्लाएपछि
बल्ल आँगनमा झर्नु भो बा ।
आँगनमा झरिसक्दा
बा’को सातो पनि झर्यो
झाँको पनि झर्यो
अनि झरे घरका भित्ताहरु,
झ्याल ढोकाका खापा-चौकोसहरु
खाँबा र दलिनहरु
झिंगटीको छानो र टुँडालहरु !
गर्ल्यामगुर्लुम्मऽऽऽ घर ढल्दा
एक भकारी धानसँगै
एक पाथी मकैको बीउ पुरियो
पुरिए एक थान खुशी
र आमाको सन्दुकभित्र निस्सासिएको
सपनाको एक गाँठो बीउ ।

Continue reading

त्यो साँझ

कथा

एक साँझ, त्यसैगरि म उसको अफिसको गेट अगाडि बाइक रोकेर बसिरहें।

साँझ सधैं उस्तै त हो, अलिकति उज्यालो, अलिकति अँध्यारो। मन पनि उस्तै, अलिकति अँध्यारो अलिकति उज्यालो। अथवा अलिकति उज्यालो अनि अरु अँध्यारो। वर्षातको याम हुँदो हो त झरि पनि हुन्थ्यो होला साँझसँग। दिनको झरि र साँझको झरिमा पानीमात्र समान हो, बाँकी सबै फरक। बाँकी भन्नाले के के? बाँकी भन्नाले थकान, आलस्य, ओसिलोपन, बोझिलोपन अनि अरु धेरै कुरा। साँझ त्यसैले साँझ हो र साँझमा कुर्नुको मतलब पनि फरक हुन्छ, त्यो पनि अफिस अगाडि।

अफिस गजबको ठाउँ हो। अफिसमा मान्छेहरुका कुरा गजबका हुन्छन्। आफ्नो भन्दा अरुको अफिस गजबको लाग्न सक्छ अझै। आफ्नो अफिसमा त तनावबाहेक के नै हुन्छ र? उसको अफिस पनि गजबकै थियो होला। सँगै काम गर्ने साथीहरु, साथीहरुसँग हुने गफगाफ-मोजमस्ती.. खै मोजमस्ती भन्या के हो! अफिसको अर्को गजबको कुरा भनेको एकाध सहकर्मीबारे हुने कानेखुसी र चर्चा पनि हो। कमसेकम यो चाहिं सबैको अफिसको विशेषता होला… चियोचर्चो, अलिकति हल्ला अनि छेडखानी। Continue reading

धन्यवाद लेखक साथीहरुलाई

लेखन साँच्चै चुनौतिपुर्ण कला हो । लेखनका जुनसुकै विधा हुन्, हरेकका आआफ्नै सीप र कौशल हुन्छन् । कतिले लेखनलाई पेशै बनाएका छन् त कतिले रुचि । त्यसबाहेक मान्छेका स्वभाव र स्वार्थ अनुकुल लेखनका फरक फरक उद्देश्य हुन सक्छन् । तर पेशा होस् वा रुचि, उद्देश्य जुनसुकै होस्, लेखनले पाठकमा प्रभाव पार्न सकेन भने त्यसको खास ‌औचित्य हुँदैन । लेखनका क्रममा उठान गरिने विषयबारे सुचना/भाव र त्यसले लक्षित प्रभाव पाठकमा त्यतिबेला सहि अर्थमा पर्छ जब सार्थक लेखनका आवश्यक कौशलहरुको उचित प्रयोग हुन्छ (यहाँ ती कौशलहरुबारे चर्चा गर्न खोजिएको होइन)।

Continue reading

तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।

Continue reading

Signed out!!

(This is a conversation between a guy and a girl. They talk about random things when they chat in MSN messenger. This may be tough for you to understand as no background has been presented and they talk both in english and nepali(in roman english). The unnecessary parts of the conversation are edited. Have a nice reading.)

 

naam KHUSI bhayo bhandaima haasiraakhnuparchha?

ha ha
k khaalki kt holi
parchha ta
kasle bhanyo ra?
ramri chhu Continue reading

Yes! Love is blind but…(2)

It was a an interesting issue for media and it had the factor of huge human interest. Moreover it was a propoganda issue rather than a productive information for media and it was her, Nihita Bishwas who called herself Shobhraj’s beloved who also urged that she is getting married to him very soon in France. Continue reading