टापुमा सीतादेवी (अडियोसहित)

राक्षसी ‘रावण्य’ बाढीले उमारेको

एक्लो हिले टापुमा

निस्सार उभिएकी छे सीतादेवी । Continue reading

यस्तो एउटा समय थियो

कविता

एउटा यस्तो समय थियो

एउटा धारिलो कविताको प्रहारले

मरणासन्न भएको क्रुर शासकले

आफ्नो सारा सेनाबेना लगायो

र पक्रिएर कविलाई कोच्यो झ्यालखानामा।

कस्को सुराक थियो कवि?

कस्को भरौटे थियो कवि?

छानविन भयो, खोजीविन भयो

महिनौ कविकै भयो सोधपुछ

कुटिरहन्थे प्युसाहरु

डामिरहन्थे प्युसाहरु

तर शक्तिले क्षीण हुन्जेल

कवि चुपचाप रातभरि गम्थ्यो

कवि चुपचाप दिनभरि गम्थ्यो

र भित्ताभरि सकसमा लेख्थ्यो

रगतले त्यहि एउटा धारिलो कविता।

Continue reading

तिर्खा

???

म घण्टौंदेखि

यो पानीमा तैरिरहेको छु

र पनि खूब प्यास लागेको छ!

  Continue reading

विदा

Great-Landscape-Wallpapers-71

एकदिन हिंड्नेछु म

एउटा लामो विदामा ।

त्यो बेला

निद्रा मार्नुपर्ने काम हुने छैन

चाकडी माग्ने धाम हुने छैन

सम्झेर झस्किनुपर्ने नाम हुने छैन

न हुनेछ कुनै रगत पसिना चुस्ने घाम नै!

आउनेछ त्यो एकदिन

अनि हिडौंला जिन्दगीको जागिरबाट

एउटा लाऽऽऽऽमो बे’म’तलबी विदामा!

***

Roopess

भिडदेखि भिडसम्म

तिमी आउँदै गर्दा

त्यो भिडदेखि यो भिडसम्म

गनेर हेर

कति मान्छे जीउँदा छन्

कति मान्छे मरेका छन्

मन छामेर हेर्न नभुल्नु

कति मान्छे मरेर बाँचेका छन्

कति मान्छे बाँचेर पनि मरेका छन् ।

 

शिर्षकविनाको कविता!

Iआज पनि

बिहानै रेडियोमा सुनियो

चिसोले ‘मान्छे’ मरेको समाचार।

हिउँदमा यस्तै हुन्छ

‘मान्छे’लाई ठहरै पार्छ चिसोले

यस्तो कि मानौं

Continue reading

सालहरु

78cbf9aaa0c7013207148939a83670b7

एक सालमा के के हुन सक्छ?

 

एक सालमा घर बन्न सक्छ, पुल बन्न सक्छ।

एक सालमा गाउँ-शहर हुन सक्छ

र शहर प्रलयले खरानी हुन सक्छ।

एक सालमा सरकार फेरिन सक्छ

मुलुकको नाम र शान पनि फेरिन सक्छ।

एक सालमा माया बस्न सक्छ,

विवाह हुन सक्छ, बच्चा उत्पादन हुन सक्छ।

 

Continue reading