विन्टरचोक, सन्नाट्टाको सुनामी र हु किल्ड निर्मलाको स्टिकर

विन्टरचोक ह्याट लगाएर स्ट्याचु अफ लिबर्टी भएर उभिएको छ मण्डलको ठिक सेन्टरमा। सेन्टर भन्दैमा त्यो म:म: सेन्टर हो भनेर बुझ्न हुन्न जसरी हरेक कर्नर सेकुवा कर्नर हुँदैनन्। यसो भन्दा विन्टरचोक एकदम शिताङ्ग भएर चुपचाप बसेको छ, चिल्ड एण्ड फ्रिज्ड भन्ने बुझ्नुपर्छ।

रातभरि शीत झरिरहे तप्प तप्प। राष्ट्रिय झण्डा लुत्रुक्क स्टाइलमा मुजा परेको छ, मध्य हिउँदमा साडीले मात्रै बेरिएर ‘जन्ती, दि फ्रिडम’मा पार्टी गर्न हिंडेकी युवतीको मनजस्तै। बिहान झण्डाको लत्रिएको फेरबाट तप्प तप्प शीत चुहिरहेका छन्, ठ्याक्कै त्यसैगरि, जसरी गुर्खालीले मान्छे छप्काएपछि उसको खुकुरीको टुप्पोबाट शत्रुको ‘घीनलाग्दो’ रगत तप्पतप्प चुहिन्छ। कसले ध्यान दिएर हेर्छ र जाबो झण्डाको शीतवाला ड्रेनेज ? थोडी यो भर्खरै बलात्कृत कुनै बालिकाको योनिबाट झर्दै गरेको बलात्कारीको फ्रेस एण्ड वार्म विर्य हो र?

मान्छेका आँखा पनि अचम्मका छन्, क्रेजी फ्रिकिङ् ह्युमन आइज। ठूल्ठूला कुरा मात्र हेर्न खोज्ने, झिलिमिलीमात्रै देख्ने। जस्तो भनौं न.. बलात्कारपछि पाशविक तरिकाले मारिएकि बालिकाको फोटोसहित निस्केको मौन प्रभावफेरोमा केही मान्छेका आँखाहरुले फेरोमा हिंडिरहेका युवतीका कलरफूल चश्मा देख्ने, सबैले बोकेका बलात्कृत बालिकाको फोटो नदेख्ने, सेल्फी लिएको देख्ने, मनमा परेको चोट नदेख्ने। हाउ क्रुअल… क्रेजी फ्रिकिङ् आइज।

विन्टरचोक त्यही भएर पनि चुपचाप छ, शान्त छ। जति मौन सामान्यतया न्याय माग्दा सरकारहरु हुन्छन्, त्योभन्दा एक सिपमात्रै कम। एक हिसाबले यसको छातिमा सन्नाट्टाको सुनामी चलिरहेको छ। सन्नाट्टाको सुनामी ? यो के बात भयो फेरि ? अरे बाबा, अपराधिले अपराध स्वीकार गर्दासमेत “वाह क्या नैतिकता!” भनेर स्ट्यान्डिङ् ओभेसन दिन हुने, सन्नाट्टाको सुनामी भन्न नहुने? बरु विन्टरचोकको छातिमा चलिरहेको सन्नाट्टाको सुनामी भन्या कस्तो हो, त्यो कुरा गरौं न!

अलिकति भूमिका छाँट्छु। विन्टरचोकको यो ट्रेडमार्क हो। यहाँ मानिसहरु भूमिका बाँध्दैनन्, भूमिका छाँट्छन्। मिस्टर प्राइम मिनिस्टरको भाषण हेर्नुभएको छैन?

यो त्यही विन्टरचोक हो जहाँ मैं हुँ भन्ने विद्वानहरुदेखि तँ को होस् भन्ने हनुमानहरु एक्प्रेस रेलको एउटै चेम्बरमा बस्छन्। यो त्यही शहर हो जहाँ अरिङ्गालदेखि कटप्पाहरु एउटै ट्राममा ट्राभल गर्छन्।

हेर्नुस्, विद्वान भन्नुस् कि हनुमान, अरिङ्गाल भन्नुस् कि कटप्पा, यी सब क्यारेक्टर मात्रै हुन् जुन मर्सिलेसली निर्वाह गरिन्छ, ‘न भूतो न भविष्यती’को अदासहित। हुन त समय गतिशील छ र भूमिका पनि गतिशिल छन्, नथिङ् इज पर्मानेन्ट ब्रो।

विन्टरचोक एउटा जिवन्त शहर हो र यहाँ क्यारेक्टरहरु एक्सेन्ज भइरहन्छन्। हनुमानको पुच्छर टाँसेर कुनै बेला ड्रेड्ली अभिनय गरेका अस्कर नोमिनेटेड हिरो हुन् कि साइड हिरो हुन्, कुनै पनि समयमा ति विद्वानको स्मार्ट आइडी कार्ड भीरेर नयाँ युगको शुरुवात गर्न थाल्न सक्छन्। प्रष्ट भन्दा नयाँ नयाँ नाटकहरु मञ्चन भइरहन्छन्, कलाकारहरु भने उही रहन्छन् बस् क्यारेक्टरहरु बदलिन्छन्। विन्टरचोक पूरै टम ह्याङ्क्सको एक्सप्रेसनमा कन्फ्युज्ड छ।

अस्ति भर्खर हाईफाईसहित नयाँ युगको पटाक्षेप भयो। विन्टरचोक गुल्जार भयो। अखबार, पब्लिक खम्बाहरुदेखि एन्टी सोसियल मिडियासम्म भाइरल भए कुनै प्याजी कलेबर, कुनै सुन्तले कलेबर र कुनै कुनै ब्लडी रेड कलेबरका डिजाइनर जेनेरेटेड पोस्टरहरु। वाह, क्या दामी स्लोगान थियो। यहाँ लेख्न मन थियो तर बिर्सिएँ। विन्टरचोकले पनि बिर्सिसकेछ। के विन्टरचोकलाई अल्जाइमर्स छ? कि त्यो स्लोगन नै अकेजनल पप अप मात्रै थियो ?

जब लोकतन्त्रको हिस्टोरिकल आर्टिकलमा कुनै कामरेड चरणदासले कन्ट्रोल एफ – एन्टर गरेर ‘लोक’ टाइप गरेर, रिप्लेस विथ ‘जोक’ गरेर एन्टर हानिदिन्छ, त्यो हिस्टोरिकल आर्टिकलको टाइटल नै टेरिफिक बनिदिन्छ – जोकतन्त्र। मानौं कि त्यस्तै भयो। सम्राटले जोक भन्ने, मिनिस्टरदेखि क्लर्कसम्म जोकमा हाँस्ने। नागरिकको दिन अ ब्लिङ्क अफ स्माइलमा सकिंदैन होला त ? ह्वाट अ भिजन अफ सम्राट।

साँच्चै यस्तो भयो भने त तमाम दलालको हलाल हुन्थ्यो, नोकरशाही अन्त्य भएर जोकरशाही सुरु हुन्थ्यो। दारी ग्याङ्को फाउन्डरले भनेजस्तो क्लास लेस समाजको निर्माण हुन्थ्यो । क्लास लेस भन्या त्रिचन्द्र क्याम्पसमा विद्यार्थी संगठनको आन्दोलनले क्लास नहुने भन्या होइन क्या! देशमै लोप भइसकेको विद्यार्थी संगठन विन्टरचोकमा कहाँ हुनु ? खैर, क्लास लेस अर्थात नो क्लास एट अल। सबै एउटै वर्ग। कोहि स्टेजमा चढेर माइक्रोफोनमा ‘ओ प्रकाश महत’ भनेर कराउन नपाउने टाइपको। श्रमिक र पुँजीपति भन्ने नै नहुने। रुल अफ वर्कर्स। विन्टरचोकमा के भएको छ कुन्नी, मानिसहरुले दिनमा एकपटक मुस्काए भने रात पर्छ, डेज आर डाइङ् इन अ ब्लिङ्क अफ स्माइल। के यो जोकरशाही सुरु भएको संकेत हो ? किन दुई लाइन संघर्षहरु त्यस्तो फन्नी साउन्ड गर्छन् ?

किन सबैभन्दा लोकतान्त्रिक पार्टीहरु जोकतान्त्रिक पार्टीमा मेटामर्फोसिस भइरहेका छन् ? के त्यस्तो रुलर बनेको सो कल्ड वर्कर क्लासलाई पुँजीपतिको सट्टा मुजीपति भनिन्छ ? विन्टरचोकमा अचेल जस्को शासन छ, उसलाई किन मानिसहरु त्यसै भनेर बोलाउँछन् ?

यत्रा कन्फ्युजनहरु लिएर स्वर्गीय धरहराजस्तो उभिएको स्वर्गीय रानीपोखरीजत्तिकै जिङ्ग्रिङ्ग अनुहार परेको विन्टरचोकको छातिमा हुँडलिएको हुरीलाई सन्नाट्टाको सुनामी नभनेर के भन्ने त?

एनिवेज माइ फ्रेन्ड्स्, एउटा इन्ट्रेस्टिङ् न्युज छ। विन्टरचोकको नाम अगाडि एउटा शब्द जोडिएको छ र विन्टरचोकको नाम फेरिएको छ अचेल – स्मार्ट विन्टरचोक। अस्ति भर्खर खुला दिशाबपिशाब मुक्त क्षेत्र घोषणा भइसकेर पनि मान्छेहरुले खुल्लम खुल्ला लोटा कम्पनी चलाइरहेको इन्फर्मेसन प्रशासनमा पुगेछ। प्रशासन पनि के कम ? त्यस्ता कानूनत: इलिगल इन्टरप्रिनियरहरुमाथि (अन्टरप्रनोर पो भन्छन् क्यारे) निगरानी राख्न भनेर ड्रोन कारबाही सुरु गरेछ। ग्रेट। विन्टरचोक इज नाउ स्मार्ट विन्टरचोक।

बट ह्वाट द हेल? हुस्सुले गर्दा केही पो देखिएन त। बाइ दि वे, तपाईंलाई भनिदिउँ कि विन्टरचोकको मौलिक हुस्सु भएको भए त ड्रोन कारबाही सफल हुन्थ्यो होला। तर यो हिउँदमा केही नयाँ हुस्सुहरु विन्टरचोकको धर्तीमा क्रयास ल्यान्ड भएका छन् जो एकदमै अपारदर्शी छन्। यो नयाँ जातको हुस्सु हो, अ न्यु स्पेसिज अफ हुस्सु। यसलाई आफ्नै बारेमा पनि केही थाहा नहुने रहेछ, एउटा स्पेसिफिक उदाहरण – यसको लाइफ एकाउन्टमा कसले कति पानी ड्रेन गर्‍यो र किन गर्‍यो भन्ने यसलाई थाहै हुन्न।

यस्ता यस्ता हुस्सुहरुले गर्दा विन्टरचोकको स्मार्ट बन्ने सपना कुनै फेल्ड नेशनको समृध्दिको सपना जस्तै फेयरी टेल भएको छ। त्यही भएर त विन्टरचोक मण्डलको बीच्चमा शिताङ्ग शालिक बनेको छ, शालिकको निधारमा कसैले आएर एउटा स्टीकर टाँसिदिएको छ जसमा यल्लो यल्लो डर्टी फेलो कलरमा लेखिएको छ – हु किल्ड निर्मला। सायद त्यो डर्टी फेलोहरुलाई सोधिएको हुनुपर्छ ।

****************************************

विन्टरचोक सिरिजका अघिल्ला ब्लगहरु:

विन्टरचोक, हिउँद र समयको तापक्रम

विन्टरचोक, वार सेन्सेसन र फ्रीकहरु

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s