दुष्यन्त कुमार भारतीय साहित्यमा एउटा प्रसिध्द नाम हो। उनका जोडदार कविता र गजलहरुका कारण उनी भारत र भारतीय साहित्यका पाठकहरुमाझ परिचित छन्। उनका कविता र गजलहरुको पारखी म पनि हुँ। उनका रचनाहरु हिन्दीमै पढ्दा वा सुन्दाको मजा त अरु भाषामा के होला र? तर पनि नेपालीमा कस्तो सुनिन्छ त भनेर उनका दुई छोटा कविताहरु अनुवाद गरी हेरें। ठिकै लाग्यो र यता तपाईंको लागि पनि राखें है त।
धर्म
तेजसँग एउटा पीडा
मनमा जाग्यो
मैले त्यसलाई पिइदिएँ,
एउटा सानो खुशी
ओंठसम्म आइपुग्यो
मैले त्यसलाई फैलाइदिएँ,
मलाई खूब सन्तोष भयो
र लाग्यो
हरेक सानोलाई
ठूलो बनाउनु नै धर्म हो।
*******
यस्तो किन ?
हरेक फुलेका नशाको मालिसको अभ्यास
रोकिंदै रोकिंदै हिंड्ने अभ्यास
शितलमा अल्झिने बानी
यस्तो किन ?
जतिसुकै बेला मनमा एउटा जलन
उल्टो उल्टो चाल-चलन
शिरदेखि पाउसम्म क्षतविक्षत
यस्तो किन ?
जीवनको दर्शनमा दिन-रात
पण्डित विद्वानहरुको जस्तो कुरा
तर मुर्खको जस्तो व्यहोरा
यस्तो किन ?