यस्तो एउटा समय थियो

कविता

एउटा यस्तो समय थियो

एउटा धारिलो कविताको प्रहारले

मरणासन्न भएको क्रुर शासकले

आफ्नो सारा सेनाबेना लगायो

र पक्रिएर कविलाई कोच्यो झ्यालखानामा।

कस्को सुराक थियो कवि?

कस्को भरौटे थियो कवि?

छानविन भयो, खोजीविन भयो

महिनौ कविकै भयो सोधपुछ

कुटिरहन्थे प्युसाहरु

डामिरहन्थे प्युसाहरु

तर शक्तिले क्षीण हुन्जेल

कवि चुपचाप रातभरि गम्थ्यो

कवि चुपचाप दिनभरि गम्थ्यो

र भित्ताभरि सकसमा लेख्थ्यो

रगतले त्यहि एउटा धारिलो कविता।

कविता नबुझ्ने प्युसाहरुले

बोलाए पण्डितहरु

बोलाए विद्वानहरु

नयाँ नयाँ अर्थ लगाउँदै

जाहेरी भयो दरबारमा

आकुलव्याकुल शासक आफैं पुग्यो झ्यालखाना

र पढ्यो भित्ताभरि रगतले कोरिएको

त्यहि कविता।

आगो भएर शासकले

जलाइदियो सिंगै झ्यालखाना

र झ्यालखानाभित्र कैद कविलाई।

तर कविलाई जलाएर कहाँ डढ्थ्यो र

कविताका अर्थहरु।

त्यो समय यस्तो भयो कि

कि कविताका हजारौं अर्थहरुको झंकारले

आँखै झिमिक्क भएन शासकको

क्रोधै मात्रै बगिरह्यो रगतमा

आँसु नै मात्रै झरिरहे आँखाबाट

बोली फुटेन, नाडी चलेन, धड्कन चलेन

एउटै कविताको प्रहारले

सिंगै शासक गर्ल्यामगुर्लुम्म ढल्यो

शासकसँगै ढल्यो शासन र सत्ता

ढल्यो एउटा शक्ति विस्मयमा।

आज समय आर्कै छ

त्यस्तो समय आज छैन

हो, त्यस्तो एउटा समय थियो

शासकहरु जनताले लेख्ने कविताहरु

पढ्दथे, सुन्दथे र बुझ्दथे पनि।

‌‌‌+++++++

आवाजमा यहि कविता

Advertisements

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s