तिर्खा

???

म घण्टौंदेखि

यो पानीमा तैरिरहेको छु

र पनि खूब प्यास लागेको छ!

 

कति घण्टा बित्यो थाहा छैन

पानीमा तैरिंदातैरिंदै दुईचोटि घाम अस्तायो

र अहिले फेरि अस्ताउँदैछ !

मैले यहि पानी कतिपटक पिएँ हेक्का छैन

यहि पानीमा कतिपटक सौच गरें, त्यो पनि हेक्का छैन

साह्रै दुखको स्वाद छ बाढीको पानीमा

मान्छेका आँसु

कुहिएका शरिर

पशु-रसहरु

गिटी, बालुवा, माटो, फलाम,

घाँस, रुख, भुषा, भात,सिरक-डस्ना

अनि अरु धेरै कुराको स्वाद छ पानीमा

अरु त अरु

चुनावको बेला भित्ता भित्तामा टाँसिएका

पोस्टर पम्प्लेटको समेत नमिठो राग छ पानीमा !

पिएँ भन्नु मात्रै हो हजुर

मुटुसम्म भिजेर ढाडिइसकेको छु

जीउबाट पत्र पत्र उप्किन थालिसकेका छन्

र पनि मरुभूमिमा सेकिएको कमलजस्तो

नशानशादेखि तिर्खाएको छु !

लाग्दैछ, पौडिएर किनारसम्म पुगूँ

कसैको झोपडीमा बास मागूँ

गाग्रीका गाग्री पानी पिऊँ

र मस्तसँग निदाऊँ एक दिन – दुई दिन या कयौं दिनभरि!

तर पौडिएर पुग्ने किनार कहाँ होला

बाढीमा ओभानू कस्को झोपडी होला

झोपडीमा बचेको कुन गाग्रीको पानी सङ्लो होला ?

उफ् भगवान्

म यो पिडाको अनुहार भएको

बाढीको पानी पिउँदा पिउँदा वाक्क भएको छु ।

सकिन्छ भने पठाइदेऊ मसम्म

राहतको एक प्याकेट कञ्चन पानी

हेल्लो सरकार!

यो अनकण्टारबाट एकोहोरो चिच्याइरहेको छु

सुनिन्छ मेरो आवाज ?

म घण्टौंघण्टा बाढीमा तैरिरहेको मान्छे

म मृत घोषणा भइसकेको अभागि नागरिक

म मेरो अनन्त तिर्खा मेट्न चाहन्छु !

२३ अगस्त २०१४ मा कान्तिपुर कोसेलीमा प्रकाशित

तस्वीर स्रोत: article.wn.com

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s