हामी त चंगा

kite-jpg

झरिको यो अँध्यारो रातमा

हामी त चंगा उडाइरहेका छौं ।

पानबुट्टे चंगा मस्तिले नाच्दैछ

पानी चुहाइरहेको चाल्ने आकाशमा ।

रेशमी सम्बन्धको धागोले खिपेर

माथिमाथि पुर्याउँदैछौं यो चंगा

विश्वासको गुलाबी बत्तीमुनि

बेर्दै बेर्दै लट्टाईंभरि रुमानी सम्झना

र लेख्दैछौं ताराहहरु जोडेर

गाउँदै गाउँदै हाम्रो अमर कहानी ।

गुनगुनाइरहेका यी जुनकिरीहरु गाउँदैछन्

शरदको गीत हाम्रै भाकामा

भुनभुनाइरहेछ प्यारको उच्छवास

वर्षातको चेपचेपमा हुइँकिरहेका यी बतासे फोकामा

सरसराइरहेछ आवेगको श्वासप्रश्वास

वर्फिलो रातको सुसेलीमा

हामी भने नशामा लडिबुडी गर्दै

जिस्काइरहेका छौं नाङ्गो चङ्गालाई ।

हाम्रो आस्थाको मायालु आँखाजुधाई

समर्पणको स्पर्श, मदहोशीको आलिंगन

र गर्जिरहेको वादलको फेदमा नाचिरहेको हाम्रो चंगाजस्तो

चंचल र रंगीन हाम्रो मन देखेर

रुझेर हेर्दो हो

आरिशले अनिंदो शहर पनि

उडिरहेको हाम्रो चंगा

र फुलिरहेको हाम्रो प्रेम!

युगौंदेखि उडाइरहेका छौं हामी यस्तै चंगाहरु

र युगौंदेखि साटिरहेका छौं हामी एउटै यो प्रेम

रातहरु,दिनहरु,

बदलिरहने मौसम,

घाम, पानी, आँधी र बिजुली

सोध्छन् शहर र मान्छेहरु पनि

कसरी उड्छ हरबखत यो पानबुट्टे चंगा ?

हामी भन्ने गर्छौं

मायाको सिर्सिरे बतास त युगौंदेखि उसैगरि बहिरहेकै छ!

हामी त हरेक रात चंगा भएरै उडिरहेकै छौं !

कविता वाचनको भिडियो

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s