सालहरु

78cbf9aaa0c7013207148939a83670b7

एक सालमा के के हुन सक्छ?

 

एक सालमा घर बन्न सक्छ, पुल बन्न सक्छ।

एक सालमा गाउँ-शहर हुन सक्छ

र शहर प्रलयले खरानी हुन सक्छ।

एक सालमा सरकार फेरिन सक्छ

मुलुकको नाम र शान पनि फेरिन सक्छ।

एक सालमा माया बस्न सक्छ,

विवाह हुन सक्छ, बच्चा उत्पादन हुन सक्छ।

 

नायकहरुका लागि एक सालमा सबथोक हुन सक्छ

तर यथार्थमा एक सालमा केहि नहुन पनि सक्छ।

 

खासमा सालहरु कहिल्यै पूरा हुँदैनन्

रहलपहल छोडेर जान्छन् हर एक सालहरु

सुकुटी गुन्द्रुक साँधेर जान्छन् यिनीहरु  

के भर

अनिकाल लिएर आउन सक्छ अर्को साल

पेट बोकाएर जान सक्छ समयलाई

के थाहा

अर्को साल मुग्लान पस्नुपर्ने हुन सक्छ

बेरुजु छाडेर जान सक्छ

अर्को साल हिसाबमिलान गर्नुपर्ने हुन सक्छ 

अविश्वासको उजुरी हालेर जान सक्छ यसले

अर्को साल नयाँ चुनाव गर्नुपर्ने हुन सक्छ।

 

सालहरुमा समय सकिंदैन

सालहरुले समय जन्माउँदैनन्

बटुवाले मन्दिरको घण्ट बजाएर हिंडेजस्तो

सालहरुले समयको घण्ट बजाउने मात्र हुन्

घण्टको ध्वनि सालौं साल प्रतिध्वनित हुन सक्छ

जुन प्रतिध्वनि

सालको इन्चीटेपले भलै नाप्न सकिएला!

 

इश्वी सम्वतको नयाँ साल २०१३ को शुभकामना!

3 responses to “सालहरु

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s