कुनै दिन..

कुनै दिन..

किनारमा टुक्रुक्क बसिरहेको म
सम्झिरहेथें तिमीलाई
र नदिमा बग्दै गरेको पानीमा
औंला घुमाउँदै
कोर्दैथिएँ तिम्रो तस्विर
तर तस्विर
बिलाउँदै जान्थ्यो पानीमा
गढ्दै जान्थ्यो मुटुमा ।

अर्को कुनै दिन…

रुझ्दै हिंडिरहेको म
पखालिरहेको थिएँ तिमीलाई स्‍मृतिबाट
वर्षातको पानीसँगै
बगिरहेको आँखाको बाटो हुँदै
तर वर्षातको पानी
आँसुको तापले वाफिएर
म डुब्दै गएँ
तिम्रो न्यानोपनमा ।

हालैको कुनै दिन…

क्षितिज ताकिरहेको पहाडमा
निसहाय उभिरहेको मलाई
हिर्काइरहेथे हावाका फुच्चे फोकाहरु
त्यतिबेला
भुईंमा झरिरहेथे
उहि सम्झनाका खोकाहरु
तीनै खोकाको रापले
म पग्लिरहेथें
तिमीले दिएका गुलाब सल्किरहँदा ।

Advertisements

5 responses to “कुनै दिन..

  1. प्रेमी र प्रेमीका बिचको सम्बन्धलाई पानी, बाफ र हावा संग राम्रो संग जोड्नु भएको छ ! अब पुनः पानी मै परिवर्तन हुने हैन त कबि ज्यू ? 🙂

    Like

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s