शिविरमा

गोडा फट
गोडा जोड
शिविरमा
हाम्रो परेडको ताल
सधैं उस्तै हुन्छ ।
परेडमा खुशीको के कुरा
परेडमा पिडाको के कुरा
परेडमा यामको के कुरा
परेडमा पर्वको के कुरा
आखिर सरकारी चामलको पसिना
सधैं उस्तै गनाउँछ ।

शिविरमा न इद थियो
शिविरमा न ल्होसार थियो
शिविरमा न कि्रसमस थियो
न त छ शिविरमा दशैं तिहार

यहाँ हर बिहानी
सपना बसाउँछ
आस्वासनहरु दिनभरि पन्पिरहन्छन्
र हर साँझ
अत्यासिलो निराशा गनाउँछ ।

कसले गाड्छ शिविरमा लिङ्गे पिङ
कसले थाप्नु लङ्गुर बुर्जा

हर सूर्योदय र सुर्यास्तबिच
गोल्डस्टार जुत्ता बजार्दै
हामी फगत परेड मनाउँछौं ।

2 responses to “शिविरमा

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s