यो घाम आज किन यस्तो ?

यो घाम आज किन यस्तो ?
अनिदो अनिदो
रातभरि निदाउन नसकेजस्तो
थकित थकित
नडुबेर साँझमा तैरिरहेजस्तो
हराएको कसैलाई पर्खिरहेजस्तो…।

सुँक्क सुँक्क रोइरहेको यो बिहान
चिन्ताको चिसो तापले
माटो सिंचिरहेको छ..
फतक्क गलिरहेछन् फूलहरु
लतक्क परिरहेछन् रुखहरु
के को सन्ताप यो बिहानलाई ?
के को चिन्ता यो घामलाई ?
खरानी भइसकेको सलेदो जलेजस्तो
यो घाम आज किन यस्तो ?

अत्यासले आत्तिएको अनुहारले
चियाइरहेको छ झ्यालका काप कापबाट
वर्षौंदेखि नधोइएको रगतको टाटोजस्तो
पोतेर मौनताको छायाँ भित्ता भित्तामा
एकोहोरो निहुरिएर
झन् घुर्मैलो बनाइरहेछ घुर्मैलो धर्ती
किन अवाक छ आज यो ?
खै रवाफ आज यसको ?
यो घाम आज किन यस्तो ?

रनक्क रन्काएर धरतीको छाति
हरदिन उस्तै तापयुद्धको उद्घोष हुन्थ्यो
अभेद्य अविजित शोषक भएर यो उभिंदा
त्राहिमाम चराचर ओत खोज्थ्यो
चुसेर खोक्रो बनाउन सक्थ्यो
या अग्नि क्रन्दनले भस्म गराउन सक्थ्यो ।
के भर यसको ?

किन अस्थीर छ आज यो ?
रित्तो अंखोरा भर्न हिंडेको प्यासी यात्रीजस्तो
पराजित जस्तो शरमले ग्रस्त..
खै अविचलित धैर्य आज यस्को ?
पुनस्र्थापना खोजिरहेको शरणार्थीजस्तो
यो घाम आज किन यस्तो ?

4 responses to “यो घाम आज किन यस्तो ?

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s