हत्या

यो कविता सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

झरिको त्यो शिथिल बिहान
पुरानो मान्छे
निराशाको ताजा चुस्की लिन्छ
र आशाको ओत लाग्दै
बलेसी छिचोल्छ
नियमित आकस्मिकतामा
अनि
‌ओथारो बसेको बाँझो कोठा पस्छ
निथ्रुक्क साँझ ढलेपछि ।

थकानको हिलोले मैलिएको कमीजसँगै
फुत्त फाल्छ भुईँमा आफैंलाई,
कम्बलभित्र छोपेर
हीनता पोतिएको अनुहार
सिपालु अपराधि हातहरुले
लुकाउँछ हत्याका दुई प्रत्यक्षदर्शी
प्रामाणिक आँखाहरु
तर रातभरि गन्हाईरहन्छ कोठामा
पराजयको आलो रगत ।

हो,
आज पनि
एउटा रोगी दिनको
निर्मम हत्या भयो ।

कठघरामा उभिएर कुनै दिन
त्यो पुरानो हत्यारा
सुनाउला परिबन्धको कथा
र पनि चिच्याउला फाँसीको माग गर्दै
तर न्यायमुर्तिको कठोर चश्मा मुन्तिर
झल्किनेछ रिहाईको आदेश ।

 

2 responses to “हत्या

  1. उहिले उहिले … …
    खैनी-सुर्ती मात्र बलवान हुन्थे –
    बलवान छाप खैनी
    अचेल कविता नै
    कोर्रा लिएर पहरा दिन सुर्रिएका
    सिपाही झैँ बलवान हुन थालेछन्

    कस्तो विडम्बनामय छ है संसार !
    फाँसी माग्दा सजाय
    मिल्दैछ रिहाइ

    अर्थ खुलेन हौ यहाँ –
    निथ्रुक्क साँझ भन्या के ?

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s