समयको लहरे खोकी

कविता सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

महलको त्यो फराक बैठककक्षमा
अझै सुनिन्छ हुक्काको ट्वार ट्वार
तमाखुको खरो बास
ऐंठनमा परिरहन्छ बाक्लो धुवाँमा ।

आशाको चमेरो मस्त सुतेजस्तो
अँध्यारो झुलनबत्ती
राजाका सामु सुसारेजस्तो
निहुरमुन्टी लाइरहन्छ अझै पनि
र भोकले आकुल रोगीजस्तो
थर्थराउँछ बारबार हावाका झोंक्काहरुमा…
संगमरमरमा बज्रीने कोर्राका चोटहरु
सायद अझै नभुलेजस्तो…

बथानका बथान पारखीहरु
घण्टौं सुमसुम्याउँछन्
कुमारी अनुहार निचारेर पोतिएका
रगत बसाउने चिसा भित्ताहरु
सुस्तरी अझै जहाँ सल्बलाउँछन्
वदामे परीका कमलपाते हातहरु
भुईंमा ढलेको रगतपच्छे विद्रोहीलाई
स्पर्श गर्न खोजेजस्तो…

गुन्जिरहन्छ महलभित्र
ढुंगा माटोका विरस हाँसो
उत्तेजनाका ताली
शासनसत्ताको त्रासदीपूर्ण सन्नाट्टा
अनाम विद्रोहीको लहरे खोकी..
तमासे भएर
गोलबद्ध कुसर्ीहरु, खाँबोहरु उभिरहन्छन्
समयलाई गिज्याइरहेजस्तो
र आत्तिएको समय खोकिरहेजस्तो…

4 responses to “समयको लहरे खोकी

  1. आफैँलाई उछिन्नुभएको छ तपाईँले । तुलनात्मक रूपमा पहिलेको भन्दा सबल विम्ब र काव्यिकताको ओज गजुर बनेर अँडिएको पाएँ ।
    कविता त यस्तै मजा पढ्नलाई !

    “आशाको चमेरो मस्त सुतेजस्तो
    अँध्यारो झुलनबत्ती
    राजाका सामु सुसारेजस्तो
    निहुरमुन्टी लाइरहन्छ अझै पनि”

    वाह , उमपा पनि कति चित्रमय !

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s