नयाँ क्रान्तिको बाटोमा

हेर्दा हेर्दा नसुकेको आकाशमुनि
हत्केलामा बलेसी थाप्दै-चुहाउँदै
के गर्न सक्थ्यो र उसले
मन सेलाउनु बाहेक ।

उसले टेकेको माटो
टेक्दाटेक्दै हिलो हुँदा
फत्तक्क गलिसक्छन्,
वर्षेनी ढल्दै गएको उसको बुढो डाँडो
र उसको एक्लो रोगी घर ।

कुर्दाकुर्दै नथामिएको वर्षामा
गर्जिंदै जुलुस गर्न थाल्छ रोसी
नबुझिने नारावाजी गर्दै
र निम्तो गर्छ
वर्षौँको क्रान्तिले थाकेको उसलाई
बौलाह परेडमा झण्डा फहराउन
तर उसलाई
अँगेनोबाट आरीका आरी पानी फाल्नु छ
छेस्का सल्काएर छिंडी ओभाउनु छ
नाम्लोले बाँध्नु छ जातोसँग भित्ताहरु
र खोज्नु छ
सिंगै घरलाई ओढाउने घुम ।

अँध्यारोमा उसले
आकाशतिर ताकेर
रोसीलाई अक्षता मुठ्ठी चढाउँदै गर्दा
थाम्दाथाम्दै झरेका ढुंगाहरुले
ठेल्दै लग्यो उसको घर
उसले ओढिरहेको खर
उसले टेकेको हिलो
र हिलोमा चिप्लिंदै गरेको उसलाई
रोसीको ठेलमठेलभित्र ।

छेक्दा छेक्दै रोसीको मुक्कामुक्की
बेंसीको खेतले थिचिंदा- किच्चिंदा
के गर्न सक्थ्यो र उसले
तन सेलाउनुबाहेक ‍‍‍….।

नयाँ क्रान्तिको बाटोमा ।

3 responses to “नयाँ क्रान्तिको बाटोमा

  1. yestai euta katha pani padheko thiye …kabita paddhai garda kavreko rosi kholaa waakka laagdo gari bageko yaad aayo..nice poem

  2. Sir Kabita Ekdam Ramro 6. Yo sachchai kabita ho.tara malai kina kina sirsak chai teti suitable lagena hau…Gajjab 6 kabita ta. keep it up…

    • धन्यवाद जनकजी । तपाईंले भनेजस्ते मलाई पनि अनुभव भएको हो । उपयुक्त शिर्षक के हुन सक्ला त ? जुराइदिनुभए हुन्छ नि ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s