रामसिं बुढा

चिसापानीसम्मको यात्राको बीचबीचमा थुप्रै ठाउँमा हामी रोकियौँ । हिंड्ने बानी नभएकाहरुलाई ठाडो उकालो, त्यो पनि लगातार दुई तीन घण्टा उक्लिनु कठिनै कुरा हो । थकाइ मार्ने क्रममा मुलखर्कमा हामी रोकिएका थियौँ । जनयुद्धकालमा सेनाले छोडेर गएको ब्यारेक भग्नावशेषमा सिमित रहेको सल्लाघारीबीच हामीले बाख्रा चराइरहेका रामसिं बुढालाई भेट्यौँ । बुढा साह्रै रसिक रहेछन् । बुढाले आफ्नै अनुभवका आधारमा हामीलाई खर्कतिरै घरजम गर्न पनि सुझाए । उनै रामसिं बुढालाई पात्र बनाएर लेखिएको कविता यहाँ पोस्ट गरिएको छ ।

रामसिं बुढा
बाख्रा चराइरहन्छ खर्कमा ।
सिपाही बनेर
खुकुरीले पहरा दिइरहन्छ
दापभित्रै रहेर ।

एकलासको वनमाझ
रामसिं बुढा
पुरुषार्थले गिर्खा परेका
पिडुँला पसारेर
घाँस चाख्दै
एकोहोरो सुसेल्दै बस्छ
बुढेसकालको भाकामा
जवानीको गीत ।
त्यही गीतमा
बटुवाहरु झुल्दै हिंड्छन्,
सल्लाघारीबीच मान्छेहरु
आफ्नै नाम भुल्दै जान्छन् ।

रामसिं बुढा
ऐंसेलुका काँडाले घोचेर
सम्झनाका पीप्राहरु कोट्याइरहन्छ,
कान्ला परेको निधारबाट
उखेलीरहन्छ पुरिएका कथाहरु
बटुवाहरु सर्को बाँढ्दै
मेट्दै जान्छन् मनका प्यासहरु ।

खर्कमा
वनढाडेहरु आउन छाडिसके
किल्ला त्यागेर शहर पसे सेनाबेना
हिड्दाहिड्दै बनेको बाटोमा
बटुवाहरु आउजाऊ गरिरहन्छन्,
पुर्दापुर्दै बसेका खाटाहरुमा
आफैं दुलो परिरहन्छ
रामसिं बुढा
बाख्रा चराइरहन्छ खर्कमा
खुकुरीले पहरा दिइरहन्छ ।

वनमा सधैंजसो
एकनासले सुसेली बजेको सुनिन्छ ।

4 responses to “रामसिं बुढा

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s