ताजा खबर(अडियोसहित)

त्यो रात
गोली चल्नु र सपना हराउनु
एकसाथ भयो ।

गोली चलेर सपना हराएको हो
या सपना हराएर गोली चलेको हो,
कसले दिन्छ यसको जवाफ ?
सपनाका दलालले,
या बन्दुकका तस्करले ?

आकाशभरि अदृश्य नाइटभिजनहरु
चम्किरहेका थिए,
तर्सिएको जून
बादलको नकावभित्र लुकिरह्यो रातभरि,
यस्तो बेला
पहरेदार कुकुरहरु छुट्टीमा हुन्छन्
हवल्दार-पुलिसहरु भट्टीमा हुन्छन्
अनि कसलाई गुहार्नु ?
अनि कसलाई बात लाउनु ?
त्यसमाथि
त्यो रात
गोली चल्नु र सपना हराउनु
एकसाथ भयो ।

हिजोआज
जता पनि हतियार बिक्छन् रे,
जङ्गल सरेका खोपीहरुमा
बन्दुकको गोदाम हुन सक्छन्,
सहर पसेका वनमान्छेहरुसँग
एन्थ्र्याक्स हुन सक्छ,
देशदेशावर घुम्ने हिप्पीहरुले
अणुबम बोकेका हुन सक्छन्,
छिमेकमै पनि
युरेनीयम प्रशोधन भइरहेको हुनसक्छ ।

अनि कसकोमा छापा मार्नु ?
अनि कसलाई मुद्दा हाल्नु ?
कुन पत्रले छाप्ला
“खास खबर !” शीर्षकमा
सपना हराएको खबर ?

कसले भट्याउला र यो खबर ?
कसले पत्याउला र यो खबर ?

यस्तो बेला
फेरि गोली चल्न सक्छ
र खबर पनि
हराउन सक्छ ।

सुन्नको लागि यसमा क्लीक गर्नुहोस्।

7 responses to “ताजा खबर(अडियोसहित)

  1. sapana haraye aasha haraye
    ho hajur yaha ta khabarai haraye
    muskan haraye khusi haraye
    ho hajur aba ta awaseshai haraye

  2. सुन्न पनि पाए, झन बबाल हुने थियो ! पोडकाष्ट एकलट फेरि निकाल्नुपर्यो । अनि ताजा खबर भनेपनि प्रसंग त पुरानो पुरानै लाग्यो !😛

  3. ‘देउता रिसाएको बेला’पछिको अर्को बज्र !
    यो समयको अत्यास, सास्ती र आम मानिसभित्रको त्रासदीलाई गहिरो गरी छामेको पाएँ कविताले ।

    “छिमेकमै पनि
    युरेनीयम प्रशोधन भइरहेको हुनसक्छ ।”

    यसमा पनि शङ्का छैन, आफैँभित्रको दानवसँग आज डराइरहेछ पल-पल, अरुको त के कुरा ?

    यस्तो बज्र कविता खस्ने क्रम जारी रहोस्, बज्र हामी थेग्छौँ ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s