सियाँलमा

सयौं सालहरुसम्म
उस्तै मक्किएको
उस्तै पहेंलिएको
उस्तैसँग ढुसी पलाएको
त्यो बुढो रुख
न बाढीले पखालिन्छ
न आँधीले लडाउँछ
न धूपले डढाउँछ ।
दूबोहरु
सियाँलमै फैलिरहन्छन्
त्यो बुढो रुखका
खोस्टे पातहरु पन्छाउँदै
तुषका ढिक्काहरु नपलाउन्जेलसम्म
र हरेक साल
उस्तैसँग सुकेर
माटोमा विलय हुन्छन्
दूबोका पातहरु
दूबोका रेशाहरु
तुषले थिच्चिएर
तुषले कुल्चिएर
त्यो रुखको सियाँलमा ।
अर्को साल पनि
त्यो बुढो रुख
उस्तैगरि उभिरहनेछ
र त्यो साल
उही पुरानै जराका तन्तुहरुबाट
चियाउँदै पलाउँछन् उनीहरु
उसैगरि विलय हुन
माटोमा
सियाँलमा ।

5 responses to “सियाँलमा

  1. सर तपाईको सृजना साच्चिकै राम्रो लागो मलाई । आगामी दिनहअरुमा पनि यस्तै यस्तै नयाँ सृजनाहरुको अपेक्षा गर्दछु ।

  2. जीर्ण रुखहरु ढलेकै राम्रो! तर त्यसको ठाऊँमा नयाँ यौवनयुक्त रुख भने चाहिन्छ हामीलाई, दूबोले मात्रै त पुग्दैन।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s