पुल्चोक ; ०६७ !

भूपेन्द्र खडका

पुल्चोक,
दानागिरी हाइट ,
सयौं घामपानी,हुरीबतास र शिशिरहरू खपेको पीपलबोट !
पीपलबोटमुनि चौतारो,
चौतारोमा सुस्ताउने, गफिने
बूढाबूढीहरू,युवायुवतीहरू ,
प्रेमी-प्रेमिकाहरू -शान्त-अशान्त मनहरू !
छेउमै शान्तिको प्रार्थना ; अक्षस्वर महाविहार !
संगै महादेवको महागायन !
पीपलबोटसंगै दुर्गादाइको चियापसल !
नामजस्तै धार्मिक छन् दुर्गादाइ ,
दशकदेखि हजारौलाई चियाको चुस्कीमा
नतमस्तक बनाइरहेछन !
तर अचानक पुल्चोकमा
नयाँ दृश्य र विम्ब थपिएको छ अस्तिदेखि !
पीपलबोट पछाडिको खाली घडेरीमा
आधादर्जन पाल टागिएका छन् ,
बटुवाहरूले कसैको भोज होला भन्ने पनि सम्झन सक्छन !
केटाकेटीहरू त्यहाँ दुलाहा-दुलही
नदेखेकोमा आमालाई प्रश्न पनि गर्न सक्छन !
त्यहाँ ,
देशको मुहार फेर्छु भन्नेहरू
पाल टाँगेर बसेका छन् !
गाउँबाट शहर झरेका असंख्य युवायुवतीहरू !
मनमा खोइ कुन्नि कस्तो जोश छ !
यतिबेला,
ती युवायुवतीहरू,
शहरका चोकचोकमा पुगेका छन् ;
हातमा लाठी बोकेर !
आज आमहड्ताल छ ,
तर उनीहरूमा हड्ताल छैन !
कान्तिपुरको कौसीबाट
यसो बाहिर हेर्छु ;
केही भान्सेहरू
ठूलाठूला खंड्कुलामा
दाल,भात ,तरकारी पकाइरहेछन् !
मनमनै तिनले पनि सोचे होलान ;
काँचो दाल,चामल र तरकारी पाकेजस्तै
देश कहिले परिपक्क हुन्छ ?
अथवा, यतिका क्रान्तिपुरुषलाई भोजन गराउने
हामी पनि त महाक्रान्तिकारी हौँ !
म सोच्छु एकपटक ;
के देशले यसरी
मुहार फेर्छ त ?

मई ०२ \ ०१०
पुल्चोक ,ललितपुर !
(कवि खड्का गीतकार एवं संचारकर्मी हुनुहुन्छ ।)

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s