तुहिएका धुजाहरु

चंगा मलाई सधै‌ नै प्रीय लाग्छ । चंगा सपना जस्तो लाग्छ र सपना ‌‌‌त्यतिकै मनपर्छ । सायद सपना नहुँदो हो त मान्छेमा सुख नहुँदो हो । त्यहि सपना पूरा हुने आशामा त मान्छेहरु दिनरात गर्छन् । सपनालाई मान्छेहरु भोलिको प्रतिरुप पनि मान्छन् । नमान्नेहरु सपनालाई अप्राप्य अर्धचेतन कल्पना मान्छन् । जस्तो भए पनि सपनामा आनन्द हुन्छ र आनन्द सबैले खोज्छन् । त्यो आनन्द म चंगा हेरेर अनुभूत गर्छु । त्यसैले पनि चंगा र सपनाबारे प्राय लेख्ने गर्छु ।
निकै अघि एउटा मनोवादको स्वरुपमा चंगा र सपनाकोबारेमा लेखेको थिएँ (चंगा सपना)। यो पटक कविताको स्वरुपमा अलि फरक तरिकाले लेख्ने प्रयास गरेको छु ।
कविता पढ्न भित्र आउनुस्।

सपनाको रंगीन चंगा
चट्ट चुँडिएर उड्दै गयो
वस्तीको आकाश छोडेर
जंगली आकाशतिर ।

ठूलेहरु
सानेहरु
ठूलीहरु
सानीहरु
आँखाले भ्याउन्जी हेरिरहन्छन्
डाँडामा उभिएर
धागो चुँडिएको चंगा
सपनाको चट्ट परेको चंगा ।

रातमाटो र कमेरो पोतेको चंगा
वादल दर्केर रुझाउन सक्छ
तमसुक मुसारेर सिएको चंगा
जन्तुहरुले चिथोर्ने हुन् कि
धूलो मैलोदेखि जोगाएको चंगा
हिलाम्य पानीमा बिलाइजान के बेर
निगालो भाटामा उनेको चंगा
बाँसघारी र जंगलमा हराउन सक्छ ।

ठूलेहरु
सानेहरु
ठूलीहरु
सानीहरु
ज‌ंगलतिर कुददै कुददै
वस्तीपारि हुत्तिँदै
फाँटतिर उफ्रँदै
खहरेतिर हामफाल्दै
सपनाको रंगीन चंगा खोज्न हिंड्छन्
सानैमा
नाङ्गै भुतुङ्गै ।

जून सल्काएर
साँझसम्म कुरीबसेको गाउँ
चरनका वस्तु एक्लाएक्लै फिरेपछि
अँगेना उँघेर निदाएपछि
कोहोलो गर्न लाग्यो ।

मध्यरातमा
चंगा खोज्न हिँडेकाहरु
सुटुक्क दैलो पसे
हातमा हातमा
सपनाको चंगाका
तुहिएका धुजाहरु लिएर ।

2 responses to “तुहिएका धुजाहरु

  1. “जून सल्काएर
    साँझसम्म कुरिबसेको गाउँ
    चरनका वस्तु एक्लाएक्लै फिरेपछि
    अँगेना उँघेर निदाएपछि
    कोहोलो गर्न लाग्यो ।”

    हुन त तपाईँको कविताको बाटो यो थिएन, र पनि यो टुक्राले विशेष छोयो ।
    आफ्नो शैलीभित्रै पनि निरन्तर परिष्कार गर्दै, रुपाकाट फेर्दै जानुपर्छ लेखकले, तर आफ्नो चिनारी नै भाँच्नुहुन्न । चिनारी भत्काए पनि परिचयको धरोहर कुन भित्तामा राख्‍ने ? बाटो समाइराख्‍नुस् ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s