रात परेपछि

रात परेपछि

पिपलले पनि वीष वमन गर्छ

र रातमा

मानहरु अपमान हुन्छन्

इमानहरु बेइमान हुन्छन्

 

नामहरु बदनाम हुन्छन्

त्यसैले त

मान्छेहरु

रात पर्नुअघि नै

घर पस्ने हतार गर्छन् ।

रात परेपछि

न माथ जाग्छ

न नाथ जाग्छ

रात जति गहिरि‌दै जान्छ

घातहरु छिप्पिन्छन्

ढाँटहरु बाक्लिन्छन् ।

रात परेपछि

लायकहरु पनि नालायक हुन्छन्

नायकहरु पनि खलनायक हुन्छन्

र त

मान्छेहरु

रात पर्नुअघि नै

घर पस्ने हतार गर्छन् ।

5 responses to “रात परेपछि

  1. रुपेश जी ले यसो कबिताको main theme means motto पनि उल्लेख गरे हामीलाई बुझ्न सजिलो हुने थियो ।

    रात भन्नाले यहाँ दशा भन्न खोजिएको हो कि ??????
    दशा (रात) लागेपछि आफ्ना पनि पराया हुन्छन ।।।।।।।

    • धन्यवाद स्वेताजी र जनकजी ।
      वसन्तजी … हो तपाईंले लगाउनुभएको अर्थ जस्तै हो, भन्न खोजिएको । प्रतिकि्रयाको लागि धन्यवाद !
      अमितजी … पाठकले जसरी अथ्र्याए पनि हुन्छ । हैन र ?

  2. गज्जब! साह्रै चोटिलो लाग्यो!
    रात झन्-झन् गहिरिँदै र लम्बिदै गएको मेरो देशको वयान जस्तो पो लाग्यो!
    मैले बुझ्नमा गल्ती गरें र?

  3. Raat ko samaye nai testo…
    Kabita bhitra kati kati kura lukeko cha….yesko lagi chutai samaya nai chanincha…ahile ta surface level ma matra bujheko.. bhannale pade hai jasto matra bho…cmmt pani 🙂

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s