गन्थन – १

कात्तिक नसकिएका बेला काठमाण्डु सेलाइसकेको छ । पन्जा र ओभरकोटमा मान्छेहरु मोटाएको देखिन थालिसकेका छन् अचेल । तरुनीका कुरा त कहिले पो गर्न सकिन्छ र ? आम मान्छे भएर सोच्ने हो भने यो पालि पनि राम्रोसँग पानी परेन र काठमाण्डुमा जसले सुकै नाकाबन्दी गरेको घमण्ड गरेपनि जाडो भित्रिसकेको छ ।

पुतलीसडकको यो भित्री गल्ली भएर ठाउँ मान्छेहरु जाम छल्दै हिँड्न खोज्छन् । तर कस्तो दिक्कलाग्दो कुरा भने यहाँ जाम छल्न खोज्नेहरु नै जाम भरइरहेका छन् । कुना पट्टी फुटपाथ चिथोरेर चना केराउ बेच्न बसेको नाङ्लो पसले नीक्कै अल्सी मानेर हाई गर्छ । एक हूल मान्छेहरुले उसलाई हेरेर हिँड्न लागेका बेला उ कुनै घोडा उभिएरै नीदाएजस्तो गरी टाउको खसालेर उँघ्छ । एउटा मसिनो कुकुर चना केराउ सुँघ्छ, पसलेको अनुहार नजिकैबाट हेर्छ र अघि बढ्छ ।

परबाट “सेवई” “सेवई” भन्दै नीलो बुट्टे धोती बेरेको एउटा मधेसी टाउकोमा टोकरी अड्याएर छिटो छिटो हिँड्दैछ । यस्तो लाग्छ कसैले उसलाई लखेट्दैछ र उ भाग्न खोज्दैछ, गुहार गुहार भन्दै । छ तल्ले घरको पाँचौँ तलाबाट एउटी महिलाले त्यसलाई कस्तो अजिवसँग बोलाएकी ! ” ए सेवई!” … ए भाइ वा ए दाइ अथवा यस्तै केहि भनेर बोलाउन सकिन्नथ्यो र ? सेवई लिएर हिँडिरहेको मधेसी मास्तिर हेर्छ । उसको आँखामा के भाव हो कुन्नी । सायद “कस्ती आइमाइ होली ” भन्ने उसको मथिङ्गलमा घुम्यो होला एकचोटि ।

दिक्दारीको चपेटामा परेको मान्छेले यी द्रिश्य नीयालीरहँदा एक जोडी १६-१७ वर्षका केटीहरु भर्खर नुहाएजस्तो कपाल लिएर मल्लिका शेरावतको ठूलो फोटो टाँसिएको एउटा ब्युटी पार्लरभित्र पस्छन् । अगाडिपट्टीको पसल अघिल्तिर मोटरसाइकल रोकेर चुरोट तन्काइरहेको अधबैँसे ती केटीहरुलाई घुरेर हेर्छ । खाउँला जस्तो गरी । अथवा साँच्चै भन्ने हो भनेँ त्यो भन्दा पनि बढि । अनि ती केटीहरु पार्लर पसीसकेपछि एकचोटि बेस्सरी चुरोट तानेर आधी चुरोट फुत्त फाल्छ, सडकमा, चुरोटमाथि केहिको रीस फेरेजस्तो । एकछिन् उसको टाउको वरिपरि धुवाँ जाम हुन्छ ।

ती केटीहरु अब कस्ता बनेर पार्लरबाट नीस्केलान्, यहाँ फेरि मोटरसाइकल र धुवाँहरुको दिक्लाग्दो जाम नहोला भन्न सकिन्न ।
क्रमश:

8 responses to “गन्थन – १

  1. त्यो सहर फेरियेको होला.. महंगा कागज जो संग टन्नै हुन्छ उसकालागी..!! तलब बढ्न पाको हुदैन चौगुना अकासिन्छ बजार एकाएक तातिन्छ सहर .. सपना पुरा भएहोला कसैका , कसैका सपनालाई तेइ कागज रुपी महंगा पन्ना ले बालेर सककायोहोला , घन्टाघर को घडी हेरेर समय बिताउने कोसिस गर्दै होलान कोहि रत्नपार्क को बगैचा भरि थुप्रियेकैहोलन आचेलपनी नेपाली बेरोजगार युवाहरु , दुइ ओटा अधबैसे दाईहरु तेइ राजदरबार हत्याकाण्डको किताब घोक्रो सुकाई सुकाई गाएर बिकाउने कोसिस गर्दै होलान .. .एस्तै हुदै होला सहर तिर …फेरिएर कहाँ आइपुग्यो र खादियेकै छ सहर काठमाडौँ को कोप्चो भित्र , .. !!

  2. Pingback: गन्थन – ३ | BLOGSTREET

  3. हाँसो को फोहोरा छुट्यो है मेरो “जसले सुकै नाकाबन्दी गरेको घमण्ड गरेपनि जाडो भित्रिसकेको छ ।”
    जेहोस् गन्थन चाँहि रमाइलो छ है, क्रमश भनेर टुंगिएछ आज को पोष्ट त, यस्ता रमाइला गन्थन पढ्नु को मज्जा नै बेग्लै हुन्छ ।
    हुन त यही कुरा मैले नि भोगिरहेको हुन्छु तर प्रस्तुती फरक भइदिन्छ अनि रमाइलो हुन्छ ।
    वास्तविक यथार्थ मा गरिएको गन्थन मलाई चाँहि साह्रै मन पर्‍यो है ।🙂

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s