देउता रिसाएको बेला

देउता रिसाएको बेला
जहाँसुकै भाग न तिमी
जोगिन्नौ क्यारे !

म पनि झ्यालबाट कराएर बसेँ
छतमा उभिएर गुहार मागिरहेँ
मुढामा तैरिएर भाग्न खोजेँ
रुखका हाँगा चढेर रोई बसेँ ।
देउता रिसाएको बेला
न सेना आउँछ
न पुलिस आउँछ
न हेलिकोप्टर आउँछ
न आउँछ कुनै विदेशी राहतको डुङ्गा ।

देउता रिसाएको बेला
घाम नलाग्न सक्छ
देउता रिसाएको बेला
पानी नथामिन सक्छ
देउता रिसाएको बेला
आस मर्न सक्छ
देउता रिसाएको बेला
सास सुक्न सक्छ ।

देउता मुढे हुन्छ
बेला-कुबेला रिसाइरहन्छ ।
देउता जिद्दी हुन्छ
फकाएर मान्दैन ।
देउता मूर्ख हुन्छ
गर्न हुने-नहुने केही बुझ्दैन ।
देउता बौलाहा हुन्छ
आफ्नो-विरानो चिन्दैन ।

देउता पहाड चढेर पहिरो झार्छ ।
देउता बादल चढेर मुसल खसाल्छ ।
देउता चरन पसेर जङ्गल डढाउँछ ।
देउता छालमा हुत्तिएर धरती हल्लाउँछ ।

तिम्रो छाला रातो होस् या कालो
तिमी जमिन्दार होउ वा सुकुम्वासी
तिमी बन्दुक बोक या रुद्राक्ष भिर

असत्ती देउता रिसाएको बेला
जहाँसुकै भाग न तिमी
जोगिन्नौ क्यारे !

छापिएको करिब ४ वर्षपछि क्याफे कविताको २०१३ जून अंकमा यहि कविता वाचन गर्दै

3 responses to “देउता रिसाएको बेला

  1. sundar ………..ati sundar …………aalankaarik kabita……gadya ma…….ramro laagyo…….malai ris uthena………..ma deuta hoina!…………..hehehe

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s