मुर्दाहरु

हरेक बिहान
मृत्युबाट हठात् ब्युँझेर
मुर्दाघरहरुबाट फुत्त निस्किन्छन्,
राष्ट्रको रेखाचित्र किनार किनारमा
चेतनाको थुप्रामाथि
टुक्रुक्क बसेर
वाग्मति मैल्याउँछन्
मुर्दाहरु ।

मुर्दाहरु
दिनभरि
सडकमा धुलो चाट्छन्
गाडीमा कोचिन्छन्
अफिस कारखानामा घोटिन्छन्
बजार पसलमा रित्तिन्छन्
भातका बेस्वादका डल्लाहरु चिमोट्छन्
र रात पर्ने वित्तिकै
डम्म फुलेका मुर्दा छायासमेत
अर्को अत्यास मर्छन्
मुर्दाहरु ।

मुर्दाहरुलाई कुनै सन्त्रास छैन
मुर्दाहरुलाई कुनै सन्देह छैन
मुर्दाहरुको कुनै आवेग छैन
मुर्दाहरुको कुनै वियोग छैन
नीर्जीवताको एक बुँद सन्ताप नबोकी
जीवन मृत्युबीचको हिक्कासँग
सम्भोगरत हुन्छन्
मृत सपनाको एउटा अनुप्रास
मुर्दाघरुहरुमा
मुर्दाहरु ।

12 responses to “मुर्दाहरु

  1. शाथि तपाइको कबिता शाचिकै बशतु निशठ यथारततामा आधारित लागयो तपाइलाइ शफलताको कामनाछहै। shibu Dhami

  2. रमाउन चाहेर पनि म रमाउन शकदिन भुलनचाहेर पनि म भुलन शकदिन खालि उनकै यादमा बननुनै होला मुरदाबेवश .shibu dhami .shibu.dhami@gmail.com

  3. खै मलाई किन आइरहेछ ।उनको याद उनिलाई मैले केहि पनि भनन शकिन .उनि मुशकुराउदै कहि कहा गइन म केहि भनन शकदैन किनकि म उनिलाइ एकोहोरो माया गरथे तर केहि भननशकिन किनकि म गरिब नेपालि थिए। उनि ईनडियन shibu Dhami .

  4. संवेदनाहीन यो युगका मुर्दाहरु कवितामा चल्मलाएका छन् शव्दहरु बनेर….वर्तमान स्थितीलाई कविताले छोएको छ । हामी फगत मुर्दा बाँचिरहेछौं – कविता चित्कार गर्छ ।

  5. मुर्दाहरु भन्नु र मुर्दारहरु भन्नु उस्तै उस्तै हो नि है सर… तपैं हामीले देखेका यी मुर्दारहरु यस्तै त छन् नि ।

  6. Ekdum strong bhawana….sachai…hami murda haru jasari…bachiraheka…chau…..jiwan bhayera pani jiwan rahit…jasari…..

    “मुर्दाहरुलाई कुनै सन्त्रास छैन
    मुर्दाहरुलाई कुनै सन्देह छैन
    मुर्दाहरुको कुनै आवेग छैन
    मुर्दाहरुको कुनै वियोग छैन
    नीर्जीवताको एक बुँद सन्ताप नबोकी”

    Sachai manabiya sambedana ko kami bhayeko cha….

    loved this feeling….😉

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s