पहाडबाट नझरेकी बाला

पुराना कविताहरु ब्लगमा सार्दा खूब रमाइलो हुने रैछ । एउटा अर्को पुरानो कविता । सायद यहाँ राखिएका अरु कविता भन्दा यो हल्का किसिमको लाग्ला तर मलाई भने मनपर्ने मध्यको एउटा हो ।

पहाडबाट नझरेकी
एउटी बाला कान्तिपुरकी
न ती रुपवती
मेरो आफ्नो कविताकी
न ती प्रक्रिती
मेरो आफ्नो कल्पनाकी
हाउभाउ कटाक्ष ‘ली
नयन कोण कोणभरि
चन्चलता फिँजाई
ओँठका लाली भरि
मुस्कान धार धरी
यता यता खेल्दै झरी
कता कता शहरभरि ।

चमेली गुनकेशरी
गुराँस सनाखरी
त्यो फूलको नाम छैन
झरनासरी बालभरि
सुवासमय कुसुम धरी
ती बाला किशोरी
चियाउने नयन
चिथोर्न उद्यत मन
सबै सबै
लोभ्याई लोभ्याई
बिलाएर गई
कता कता शहरभरि ।

मैले तीनलाई
मनका छहराभरि हेरेँ
मनका पहराभरि देखेँ
चिरबिर वनका छायाभरि हेरेँ
सुवास र बतासका मायाभरि देखेँ
मैले तीनलाई
मेरी रुपवती सँग हेरेँ
मेरी प्रक्रितिसँग निकट देखेँ
तर
न हुन सकी ती रुपवती
मेरो आफ्नो कविताकी
न हुन सकी ती प्रक्रिति
मेरो आफ्नो कल्पनाकी ।

बालभरि पुष्प धरी
यता उता सुमन छरी
कता कता शहरभरि
हरी हरीकन मनहरु हरी ….

पहाडबाट नझरेकी
एउटी बाला कान्तिपुरकी ।।

२०६१ चैत्र ०२

3 responses to “पहाडबाट नझरेकी बाला

  1. असाध्यै मन छुने कविता । कविता पढ्दा पाठकले हल्का महसुस गरे नै सायद राम्रो हुन्छ ।

  2. एउटा अर्को रोचक र सम्पूर्ण कबिता !!!!!!!!!!!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s