अलिखित कथा, अघोषित गाथा

२०६१ माघ ३ को कविता
सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

अलिखित कथा तिम्रो र मेरो
अघोषित गाथा तिम्रो र मेरो
न आश प्यारको
न बास यारको
कथा र गाथा हारको ।

मनको छहरा
छेवैको पहरा
छहरामा तिम्रो रुप भिज्छ
पहरामा मेरो दिप निभ्छ
न आश हातको
न बास साथको
कथा र गाथा चिसो रातको ।

जगतको रीत
आलोकीत प्रीत
रीतले तिम्रो ताप उड्छ
प्रीतले मेरो नाप फुट्छ
न आश क्रिडाको
न बास पिडाको
कथा र गाथा पिँजडाको ।

अलिखित कथा तिम्रो र मेरो
अघोषित गाथा तिम्रो र मेरो

2 responses to “अलिखित कथा, अघोषित गाथा

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s