कपमा उभिएको अस्थिपन्जर

यो कविता सविना सिन्धुको कविता हो । सविना सिन्धु नेपाली युवा कविका रुपमा परिचित र सक्रिय हुनुहुन्छ । उहाँका केहि कविता सँग्रह पनि बजारमा आइसकेका छन् । यो कविताको पूरा पाठ सचित्र हेर्न र सुन्नको लागि www.meroradio.com मा जान सकिनेछ । यहाँ भने कविताका केहि अनूच्छेद राखिएका छन् ।

साँच्चै किताब पढ्दै थियौ नि !
कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत
शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार
र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा ।

बत्ति निभेको एक साँझ
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै
सिरानमा राख्यौ मैन भन्दा धेरै पर
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा- भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s