बेखबर

सुन्नलाई यसमा क्लिक गर्नुस वा होमपेजमा MYRADIO मा जानहोस् ।

आज पनि
बिच बाटोमा उभिएर उनीहरुले
छेक्नेछन् मेरो बाटो
तर अघिपछि जस्तै
म चुपचाप अघि बढ्नेछु

मैले हिंड्ने बाटो कसैले मोडेर के भो
बाटो नभए म खेतै खेत जान्छु
मैले टेक्ने माटो कसैले सोहोरेर के भो
माटो नभए म बालुवामा पौडेर जान्छु
मलाई थाहा छ
आज पनि
म कारखाना नपुग्दै उनीहरुले
कारखाना सम्मको मेरो बाटै भत्काईदिनेछन्
तर अघिपछि जस्तै
म चुपचाप अघि बढ्नेछु  ।

मलाई के वास्ता
उनिहरुले किन बाटो छेक्छन् दुनियाको ?
मलाई त बस्
जान दिए जानुको वास्ता छ
नदिए फर्किनुको वास्ता छ
त्यसैले त
आज पनि
दिउँसै मसाल बालेर उनीहरुले
तर्साउनेछन् मलाई
तर अघिपछि जस्तै
म चुपचाप अघि बढ्नेछु।

14 responses to “बेखबर

    • प्रतिक्रियाको लागि सबै साथीलाई धन्यवाद है । सुकोजी स्वागत है ब्लगमा ।

  1. मलाई पनि बन्दको सभ्यतामा बच्नु छैन,आज छाती खोलेर लेखि दिन्छु ……..यी नेताहरू आफ्नै आमालाई बलात्कार गरिरहेछन………पटक-पटक !

  2. रुपेश लेख्दैन, जब लेख्छ धावा बोलेको झैं गरी लेख्छ।सशक्त कविताको अनुभूत गराउँछ यस्ले। कस्तो सभ्यता भित्रायौं प्रजातन्त्र ,लोकतन्त्रको नाउँमा ???बन्द ,बन्द अनि बन्द ।
    न त यिनीहरुलाई देश बनाउँनु छ । न देशको इज्जतको चिन्ता छ। माग्नेको देश ,भाडाका सिपाहीको देश मात्र बनाऔं यस्लाई ।भोलिका सन्ततीका लागि उचो शिर राख्ने काम नगरौँ । यस्तै बन्द र विनास हाम्रो पर्याय हो । ठिक बाँदर बन्यौं र देश नरिवल बन्यो यिनीहरुको हातको ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s