बताइदिनुस् हजुर !

सुन्नलाई यसमा क्लिक गर्नुस वा होमपेजमा MYRADIO मा जानहोस् ।

के के भयो शहरमा आज

बताइदिनुस् हजुर ।

सप्रेको हो या बिग्रेको हो देश

बुझाईदिनुस् हजुर ।

हार्नेहरु जिते अरे

जित्नेहरु हारे भन्छन

देशैले पो हारेको हो कि

बताइदिनुस् हजुर

कस्ले जित्यो हार्यो कस्ले

बुझाईदिनुस् हजुर ।

सडक सदन ठप्प छन रे

शहर पनि ठप्प नै भन्छन

नागरिकको चेतना त ठप्प छैन कि

बताइदिनुस् हजुर

दृष्‍टि ठप्प हो कि द्रिश्य

बुझाईदिनुस् हजुर ।

बांडियो रे सत्ताको सांचो

खोसाखोस् नि भयो भन्छन

छिमेकीले भाग लाइदेका हुन कि

बताइदिनुस् हजुर

आधाउधी कता गयो

बुझाईदिनुस् हजुर ।

निति हरायो बौलायो रे कूटनिति

इति भयो जनताको भन्छन

मति कस्को तर लाग्यो

बताइदिनुस् हजुर

ओखती भेटिएको हो कि खति

बुझाईदिनुस् हजुर ।

के के भयो शहरमा आज

बताइदिनुस् हजुर ।

सप्रेको हो या बिग्रेको हो देश

बुझाईदिनुस् हजुर ।

8 responses to “बताइदिनुस् हजुर !

  1. कविः- सप्रेको हो या बिग्रेको हो देश, बुझाईदिनुस् हजुर ।
    हजुरः- बिग्रेको हो हौ बिग्रेको हो ।

  2. यस्तो स्थितिलाई कसरी सप्रेको भन्न मन लाग्ला र ?

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s