एक अर्को मोड

Janak Poudyal
जनक पौड्याल
(नसोधी छापेकोमा क्षमा चाहन्छु ।)

तिम्रो चाहनाको ओढारबाट
मेरो जिन्दगी फुत्रुक्क बाहिर निस्कियो
ओहो !
झलमल्ल घाम लागिरहेको रहेछ ।

तिम्रा बतासे सपना
मेरो खस्रो पिठ्युँमा घस्रिएर
कहाँसम्म पुग्लान् र –
तिमी खरायो दगुर
म कछुवा घस्रन्छु
अब आफ्नै गति लिनुपर्छ
दोबाटोमा अडि्कएका हामी
एउटा-एउटा बाटोको पछि दगुरौँ

मैले दिन नसकेको
तिमीले लिन नसकेको
यो हिसाब सच्याउनु नै किन र –
कयौं हिसाब बिग्रिएरै बसेका छन्
मेरा समयका केही टुक्रा
तिमीसँग छुटे पनि
जोड–घटाउबिना नै छाडिदिन्छु म त ।

घामको बर्को
बादलको फरिया
जूनको टीका
ताराको फुली दिन सकिन मैले

मेरो बारीमा फुल्ने बाह्रमासे
शिरमा सिउरिन मानिनौ
मेरो आँगनको संसारमा
हिँड्न जानिनौ

म जिन्दगी
कहिले सम्झन्छु, कहिले भुल्छु
म बाह्रमासे
बाह्रै महिना ओइलाउँछु र फुल्छु
तिमी आउनुमा
एउटा रहर फुल्नु
तिमी जानुमा
एउटा रहर ओइलाउनु
वश यत्ति हो ।

7 responses to “एक अर्को मोड

  1. janak ji namaskar.
    mabita saarai ramro lagyo.
    sadai padan paiyos
    Qatar baat
    bhawani,raju, rajan.and anya sathi

  2. कबिता राम्रो मात्र होइन बेला मौकामा काम लाग्ने पनि रहेछ…

  3. समयका केही टुक्रा तिमीसँग छुटे पनि
    जोड घटाउबिना छोड्दिन्छु म त। …..
    …तिमी आउनुमा एउटा रहर फुल्नु
    तिमी जानुमा एउटा रहर वैलाउनु
    वश यत्ति हो।…. कविता सटिक छ अनि सुन्दर। साहित्यको शुभयात्रा !

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s