फेरी घाम उदायो

माइसंसारको लागि लेखिएको कविता

फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो ।

रात ओढेर
बल्ल बल्ल निदाएको वस्ती
जाग्ने भो फेरी
अब कता लुक्ला यो ?
अब के मात्र छोप्ला यो ?

धुजा धुजा पारेर
वस्त्र च्यात्यो
टुक्रा टुक्रा पारेर
कपाल लुछ्यो
छातीभरीको वक्ष
मरुथल पर्‍यो
दैव पापिले
यस्को यौवन लुट्यो ।

हेर्नेहरुले लाज पचाएर हेरे
नहेर्नेहरु वस्ती छाडेर हिंडे
मेरो वस्तिलाई पछ्यौरी ओढाउने
अर्को कुनै मसिहा आएन
मेरो वस्तिलाई न्यानो अङाल्ने
अर्को कुनै मर्द आएन ।

आज
फेरी घाम उदायो
रात ओढेर निदाएको
मेरो वस्तिको नग्नता
अनाहकमा फेरी
उदाङो हुने भो ।

कविता सुन्नको लागि यसमा क्लिक गर्नुहोस् । माइसंसारमा कविताको लागि दिईएको तस्विर

9 responses to “फेरी घाम उदायो

  1. मेरो बस्तिलाई पछ्यौरी ओढाउने
    अर्को कुनै मसिहा आएन
    मेरो वस्तिलाई न्यानो अगाल्ने
    अर्को कुनै मर्द आएन । great job Roopesh ji!यस्ता शब्दहरुमा कबि बिजयी हुन्छ कबितालाई जितेर।

  2. धन्यवाद मिलन, अंमेत्य, उजेली , भागीरथ, reality bites
    गोपी दाई, मेरो ब्लगमा तपाईंलाई धेरै स्वागत छ । कमेन्ट लेखिदिनुभएकोमा धेरै धेरै धन्यवाद । अन्य कविताहरुमा पनि यथोचित सुझावको आशा गर्दछु ।

    • Roopees ji
      Really beautiful creation,commenting about helplessness of life,people are just like voyeur.It is critical towards the voyeurism of man.

  3. मेरो वस्तिलाई पछ्यौरी ओढाउने
    अर्को कुनै मसिहा आएन…………….sabai bastiharu yastai chhan Roopesh sir!

  4. विषयवस्तुलाई कस्तो मजाले अर्थपूर्ण रूपान्तरण गर्नुभएको तपाईँले !!! कस्तो राम्रो !! एउटै वस्तुलाई सामान्य मान्छेको नजरभन्द पर लगेर निकै अर्थपूर्ण बिम्ब बनाउनुभएछ । धेरै राम्रो लाग्यो दाइ !!

  5. यो के त्यो mysansar म virus लागे पछि लेखेको हो??? हो भने त नतमस्तक भए म तपाई को अगाडि ।।।।

  6. मैले चाहीं उतै बाट यता चिहाएँ …

    अरु त उही कुरो हो…

    अनाहकमा
    मेरो वस्तीको नग्नता
    उदाङो हुने भो

    भन्ने लाईनमा प्रस्तुति बढ़ी बबाल लाग्यो ..

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s