पत्रकारहरुको बैठक छ रे !

न थापा जागे
न उमा बिउंझिन
कलमको निप जोगाउन
पत्रकारहरुको बैठक छ रे ।

बिद्रोहिको बमको धुवा बनेका
असहाय कलमविरहरु
न लेख्न सक्छन
न बोल्न सक्छन ।
मसी बेचेर नामी बनेका
“योद्धा शहीदहरु” (?)
न हुंकार गर्न सक्छन
न पुकारा गर्न सक्छन ।
शासकसँग अक्षर किन्न
पत्रकारहरुको बैठक छ रे ।

अंशबन्डाको राजनीतिमा सेरिएका
राजनीतिक लेखनीहरु
न बाझ्न सक्छन
न बांच्न सक्छन ।
जोशीहरुको जोश निभ्यो
शाहहरुको विजय मर्यो ।
शब्दको मोल बढाउन
पत्रकारहरुको बैठक छ रे ।

नेपाल साप्ताहिकको ३३५ औं अंकमा प्रकाशित

4 responses to “पत्रकारहरुको बैठक छ रे !

  1. बडो सटिक, बडो राम्रो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड नै सही ।।

    धन्यवाद ! कम से कम पत्रकारले चै बुझ्नैपर्छ भन्ने लाग्छ !

  2. केहीको
    अपराधीहरु सँग पनि साँठगाँठ पनि छ रे,
    आफ्नो नाम पनि पोलिदे’ला भन्ने डर छ रे !
    सम्पति को निहुँमा मारिएको पनि सहिद हुन्छ रे,
    हो साँच्चै, उनीहरु कै बैठक छ रे !!

    धन्यवाद आकारजी !
    राम्रो जवाफ !

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s