अर्को मान्छे

झण्डै तीस वर्ष पुरानो एउटा डण्डीफोरको
धमिलो खतमुन्तिर
जवान बुढ्यौलीका रेखाहरु,
सुक्दै गएको तलाउजस्ता आँखाहरु,
बाँझो खेतजस्ता
फुस्रा र चाउरा ओठहरु,

यौवनका बेला
हजारौ‌ आँखाहरुसँग ‘हाइड एण्ड सीक’ खेलेको
छातीमाथिको एउटा कामुक कोठीलाई
निकैबेरसम्म एकटकले नियालेपछि
ऊ सम्झन्छे
जवानीमा उसको एकतर्फी प्रेममा
पागल भएको एउटा अनाडीलाई।

त्यसपछि उसलाई फेरि एकपटक
सुरुदेखि बाँच्ने रहर लाग्छ।

कमलकुमार@२००९ फेब्रुअरी ८

7 responses to “अर्को मान्छे

  1. हरेक पटक रुपेशजीको ब्लगस्ट्रीटमा छिर्दा यो कबिता मलाई दोहर्याई दोहर्याई पढ़न मन लाग्छ…

    Milan jee mera ananya mitra KAMALKUMAR le lekhnubhayeko yo kabita maa mero pani dil baseko cha.

    Like

  2. Tapaiko Yasto Ghumauro Prastab bujhlan ra sir stri harule??? Ma6a jastai Baisa Chipliye pa6i khi garna sakinna pa6utaunu bahek…chetana bhaya…pani bhannu par6…

    Like

प्रतिकृया लेख्नुहोस्