Aaja Man Ektamaas Chha! Feeling strange..

तिमी कस्ती छौ? तिमी के छौ? मलाई धेरै थाहा छैन । थाहा पाउने चेस्टा पनि खासै गरिएन । तर यत्ती हो, जुन भाव पहिले तिम्रो लागि मैले साँचेको थिए, त्यो आज अध्यापी मनका अन्तरकुन्तर तिर टुसाइरहेकाछन । मेटाउने मन पनि छैन, मेटाउने मन छ पनि, मेटाउन भने सक्दिन । कसरी मेटाउनु ?तिमी मेरो ठाउमा हुदी हौ त तिमी पनि त सक्दिनथ्यौ होला नि ! तर तिमीले मलाई कहिले नै बुझेकीथ्यौ र ? कि म आज यस्तो आशा गरिरहेको छु । खै किन हो, तिमीलाई आज पनि बुझाऊं जस्तो लाग्छ, फेरी तिमीलाई नबुझाउं जस्तो पनि लाग्छ । तिमीले मेरा सबै कुरा बुझे कस्तो हुन्थ्यो होला ! तिमीले नबुझ्दा आज यस्तो हाल छ ।
आज खै कसरी त्यस्तो भन्यौ, मलाई मन भारी भएर आयो, अर्को मन फुरुङ भयो । मैले तिमीलाई भने,”त्यहाँ सम्मा मेरो को मान्छे पुगेको छ र ?” तिमीले भन्यौ ,” म छु नि ” । सामान्य कुराकानीमा तिमीले भनेको यो कुराले मन एकतमास भएर आयो । अलिकती दङ पनि परें । तिमीले कती सजिलै भन्यौ,” म छु नि”। मलाई सम्हालेर लिन कत्ती गार्हो भयो । मान्छेहरु बौलाए भने यत्तिकै हांसीमात्र रहन्छन नि, हो त्यस्तै हासिरहन मनलाग्यो आज । अनी कुनै विरहको गीत बजाएर रुन पनि मन लाग्यो ।

खै के भयो के ! मैले यस्तो कुरा उसँग कहिले नि गरेको छैन । आजै दिउंसो मात्रा भेट्दा भनुं जस्तो लागेको थियो तर भनिनं, उस्लाई नराम्रो लाग्छ नि भनेर । उस्लाई कती खुशी बनाएर पठाएँ आज, यस्तो कुरा गरेको भए के गर्थी होली, के भन्थी होली!
“साना साना कुरामा ठुला ठुला खुशी ” कतै यस्तो सुनेको थिएं । यस्तो हुन्छ भने साना साना कुरामै ठुला ठुला दु:ख पनि त होलान नि । मलाई यस्तै भको छ । तिमीसँग बोल्दा मात्र पनि मलाई ठुलो खुशी हुन्छ । तर तिम्रा साना साना कुराहरुले बेला बेला मलाई अठ्याऊंछन् । यस्तो भको छ मलाई ।
कसैसँग धेरै पछी भेट्दा निक्कै खुशी लाग्छ । तिमी पनि यस्तै कुराको प्रतिक्ष्यामा छौ हैन ? एउटा कुरा भनुं ? यदी तिमीले भेट्न लागेको मान्छेले तिमीसँग भेट्नु अघि नै भेट्ने मन मार्यो भने तिमीलाई कती दु:ख लाग्छ होला हगी ? जतीसुकै ढांट, जतिसुकै हांसेजस्तो गर, मन त आखिर निराश नै हुन्छ नि हैन? खै तिमीले यस्तो अनुभव गरेको छौ या छैनौ, थाहा छैन । तर याद गर वाचा पनि मनले गर्यौ भने मात्र तिमीले राम्रो सँग पुरा गर्न सक्छौ ।

3 responses to “Aaja Man Ektamaas Chha! Feeling strange..

  1. When one do love with one..then either the person who love either disturbes or make himself as a strong after not getting attention from the loved one….

    ……….Roopesh ji, Let’s choose the 2nd one…and let’s we try to move toward this track…

    ……..Let’s we make ourselves so strong that we with full of confidence can say to our loved one to GOODBYE forever……….

    ……..I have already said GOODBYE by writting the poem MA VITRA KO TIMI…….hope i ll be strong and confident in it……….

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s