मरुभुमिको वसन्त

नगरेको माया
नबसेको प्रिती
तलाउमुनिको वस्ती ।

नसाचेको सम्झना
नगडेको कल्पना
वादलको हुकार ।

नबितेको ईतिहास
नकल्पेको भबिश्य
अलमलिएको वर्तमान ।

नहेरेको आँखा
नबुझेको भाका
कुहिरोको वतास ।

नगाएको गीत
नसुनेको संगीत
श्याम-श्वेत इन्द्रेनी ।
 
नफुलेको कोपिला
नपलाएको पात
मरुभुमिको वसन्त ।।
 

7 responses to “मरुभुमिको वसन्त

  1. नबितेको ईतिहास
    नकल्पेको भबिश्य
    अलमलिएको वर्तमान

    क्रान्तिकारी भावना को झल्को पाए मैले त. बामपन्थी सोच छ कि के हो sir .

    • वाह! क्या बात! मेरो ब्लगमा तपाईँको कमेन्ट ? धन्यवाद ।
      शब्द र सोच उस्तै कुरा सायद फरक हुन पनि सक्छन् ।

  2. नफुलेको कोपिला
    नपलाएको पात
    मरुभुमिको वसन्त ।।

    गजब ! हो त, मरुभूमिको पनि वसन्त हुन्छ नि आफ्नै काँटछाँटको । नयाँ पाराको लेखाइ मुनमै गढ्यो, डम्फर काँडा झैं🙂

    • धन्यवाद धाइबाजी! २००८ को कविता हो। तपाईंको कमेन्ट आउँदा मनै फुरुङ भो ।

  3. समाचार वाचकले यस्तो मीठो कविता नि कोर्लन भन्ने मलाई लागेको थिएन

      • धन्यवाद मेनुकाजी । आउँदै गर्नुहोला ब्लगमा!
        हाइकु हैन मेनुकाजी। कविता नै हो। हाइकुको लेखन शैली फरक हुन्छ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s