सम्बन्धको कुरा

त्यसो त धेरै समयसम्म नलेखी बस्नुको पिडा नै अचम्मको छ ।  लेख्नलाई दाँया बाँया अनेकथरी भेट्छु तर कि त लेख्दिन कि लेख्नै सक्दिन । यसरी नलेख्नुको खास कारण त केही हुँदैन तर लेख्न नसक्नुको कारण बुझ्न पो गार्हो हुन्छ त ।
अलिकती त्यो कुरा गरौ जस्को बारेमा म धेरै दिन देखी लेखु लेखु भन्दै आँफैलाई उक्साइरहेको छु ।

अँ , त्यो फेरी सम्बन्धको कुरा हो । सम्बन्धको बारेमा म धेरै सोच्दछु भन्ने कुरा मलाई थाहा छ र यि सम्बन्धहरुलाई  राम्रैसँग म चिन्दछु, बुझ्दछु । यहाँनिर मैले सोच्दै गरेको सम्बन्ध भनेको उस्को र मेरो बिचमा रहेको सम्बन्ध हो जुन सम्बन्ध यती छिटो मौलायो कि यस्मा किरा पो लागेछ कि वा यो कती अग्लो भएछ वा यस्मा अरु केही मल्खाद हाल्नुपर्ने पो छ कि वा यस्लाई जरैदेखी उखेलेर पो फ्याक्नुपर्ने हो कि भन्ने अनेक कुरा तिर ध्यान जाने समयसम्म भएन ।

अलिकती सबिस्तार कुरा । ऊ मप्रती आकर्षित केटी हो भन्दा फरक नपर्ला , त्यो भन्दा बढी चै केही थिएन होला । तर त्यही आकर्षणले यो अवस्थासम्म हामीलाई सँगै राखेको छ, सँगैको अर्थ यहाँ नजिक भन्ने हुन आउला । दुरिले गर्दा अलिकती नजिक हुन वाधा पुगेपनी आज एकैचोटि सबै दुरी समाप्त भयो (तपाइले अहिले सोचेजत्तिको चाँही होइन )। अर्थ स्पस्ट होस्, हामी तँ तँ र म म को अवस्थासम्मा पुगेका छौ ।

त यो निकटताको कुरा गर्दा मलाई अलिकती अप्ठ्यारो पनि लाग्छ । अप्ठ्यारो बिशेषगरी केमा भन्दा यस्लाई कसरी  पारीभाषित  गर्ने भन्ने कुरा अलिकती गार्हो छ मलाई । पुरुष र महिला बिचको सम्बन्ध भएकैले यसलाई माया य प्रेमको सम्बन्ध भनिहाल्न मिल्दैन र हुँदा पनि त्यसो होइन । त्यसो भए यसलाई साथी साथी को नाता भन्दा होला त ? अह त्यो पनि होइन । साथी साथीको मात्र सम्बन्ध पनि होइन । अलिकती त्यो भन्दा बढी छ यसर्थमा पनि कि कसैले हेर्दा हामी साथी साथी जस्तो मात्र देखिंदैनौ । यस्को अर्थ हामी प्रेमिप्रेमिका जस्तो पनि देखिदैनौ । दाजु बहिनी वा दिदी भाई जस्तो देखिनुको त कुरै भएन, किनकी हाम्रो आचरण नै त्यस्तो रहदैन ।

couple.jpg

अब अर्को अप्ठ्यारोको कुरा के हो भने उस्ले मलाई अझै पनि उस्तै व्यबहार गर्छे , कस्तो कस्तो । छीन छिनमा रिसौछे , मैले फकाउनु पर्छ । मलाई घुर्की देखाउछे , मैले मनाउनुपर्छ । यस्तो ऊस्तो किन गरेको भनेर सोध्छे , मैले जवाफ दिनुपर्छ । माया देखाउछे, मैले अप्नाउनुपर्छ । मिठो सँग बोलिदिनुपर्छ, खुशी बनाइदिनुपर्छ । समष्टिमा जे जे प्रेमिप्रेमिका बिचमा हुन्छ त्यस्ता अधिकास कुरा हुन्छ, साथीसाथी बिच जे जे हुन्छ सबै हुन्छ, दिदी भाई व दाजुबहिनिमा हुन्छ सबै हुन्छ ।

यहाँ मैले स्पष्ट सँग भन्नुपर्ने अर्को कुरा के हो भने उस्लाई मप्रती आषक्ती भएको अनुभब बेला बेला मलाई हुन्छ र मलाई पनि उसप्रति आषक्ती भएको अनुभब गर्छु बेला बेला । हामी साथ हुँदा यो कुरामा सतर्क हुन्छौ कि कतै हामी धेरै नजिक पो भएछौ कि भनेर । तर त्यती टाढा हुने प्रयास पनि गर्दैनौ तर हुन चाँही हामी धेरै नै नजिक भएको पाउछौ ।

उस्ले एकपटक फोनमा यसो भनी ” केही वा कोही आफ्नै लागि साच्नको लागि मेरो भाग्य कहाँ छ र ?”

एकपटक मैले फोनमा भने ” मलाई धेरै कुरा बाढेर लिने रहर लाग्छ र मलाई यस्तै मनपर्छ तर आफ्नो लागि मात्र भनेर भगवानले सबैलाई केही न केही वा कोही न कोही दिएकै हुन्छ ” ।

One response to “सम्बन्धको कुरा

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s