उनीहरु मलाइ केहि भन्दैनन्!!

उनीहरु मलाइ केहि भन्दैनन्!!

उनीहरु आपसमा
निकै गफगाफ गर्छन्
निकै गन्थनमन्थन गर्छन्
निकै हल्लिखल्लि गर्छन्
तर
उनीहरु मलाई केहि भन्दैनन्!!

सहरभरि चलेको हल्लामा मेरो बिश्वास हटिसकेको थियो
बजारभरि बिक्ने समाचारमा मेरो भरोसा उडिसकेको थियो
क्याफेमा चल्ने छलफलहरुमा मैले निष्कर्ष भेट्न छोडेको थिएं
पुस्तकभरि छापिने कथाहरुको अर्थ मैले बुझ्न छोडेको थिएं

तर
म बैरागि भएको थिइनँ
म बौलाहा भएको थिइनँ
म वाइफाले भएको थिइनँ

उनीहरु अचेल
मेरो कुरा काट्छन् अरे
मलाइ गालि गर्छन् अरे
मेरो खिल्लि उडाउंछन् अरे
मेरो खुट्टा तान्छन् अरे

तर
उनीहरु मलाइ केहि भन्दैनन्

म अचेल धरहरा भएको छु
म अचेल घन्टाघर भएको छु
म अचेल सडक भएको छु
म अचेल कर्मनासा पूल भएको छु

उनीहरु मलाइ हेरिरहन्छन्
उनीहरु ममाथि चढेर संसार हेर्छन्
उनीहरु मेरो छातिमाथि जिन्दगि बिसाउंछन्
उनीहरु मेरो ज्यानमाथि चढेर आकाश तर्छन्

तर
उनीहरु मलाइ केहि भन्दैनन्!!!

उनीहरु अचेल
मेरो दैलोमा कुमिटि गर्छन्
मेरो आंगनमा रमिता गर्छन्
मेरो मटानमा अन्तरङ गर्छन्
मेरो बुइगलमा भकारि भर्छन्

तर
उनीहरु मलाई केहि भन्दैनन्!!

6 responses to “उनीहरु मलाइ केहि भन्दैनन्!!

  1. Aakar ji, It’s the real poem of ur, mine and each of us….उनीहरु मलाई केही भन्दैनन् …They say nothing to me but internally they do gossip of mine.

    When i first read this poem , i understood nothing but now i think i am understanding it since i read it many times.

    उनीहरु अचेल
    मेरो कुरा काट्छन् अरे
    मलाइ गालि गर्छन् अरे
    मेरो खिल्लि उडाउंछन् अरे
    तर
    म अचेल धरहरा भएको छु
    म अचेल घन्टाघर भएको छु

    I don’t care abt them …whatever they do say abt me …I am being stone nowadyas. The gossip they used to do abt me doesn’t affect me , since i know what i am

    because

    म बैरागि भएको थिइनँ
    म बौलाहा भएको थिइनँ
    म वाइफाले भएको थिइनँ

  2. Jati padhyo uti bujhe jhai huncha yo poem…..kahile chaskka man huncha kahile ekohoro banaucha ……….

    क्याफेमा चल्ने छलफलहरुमा मैले निष्कर्ष भेट्न छोडेको थिएं
    पुस्तकभरि छापिने कथाहरुको अर्थ मैले बुझ्न छोडेको थिएं

    तर
    म बैरागि भएको थिइनँ
    म बौलाहा भएको थिइनँ
    म वाइफाले भएको थिइनँ

    nikai ramro cha roopesh ji yo poem …

  3. I do write sometimes poems, so like to say myself as a poet but by reading your poems i am feeling myself as only ‘pot’ (not poet, pot who understand things lately)…is it your personnel poem or smthing else ? And in somewhere i read that if one doesn’t understand your poem then feel yourself as a great poet bcoz great poems can never be understood easily. ……..soooo roopesh ji, be happ…you have registered your name in the list of great poets…congrats yar……

    AMETYA well.. i don have anything to say about my poem.. and my poetics.. its my personal writing and u can perceive it as u like.. no worries. I do not write to be a poet as u call “GREAT POET”. I write for myself and i get satisfaction from that. The modern theory of literature says that the piece you write should be understood by people but I don’t agree.. thats my stand. Anyway thank you so much for your comment.. keep on making me happy..

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s