कथा
एक साँझ, त्यसैगरि म उसको अफिसको गेट अगाडि बाइक रोकेर बसिरहें।
साँझ सधैं उस्तै त हो, अलिकति उज्यालो, अलिकति अँध्यारो। मन पनि उस्तै, अलिकति अँध्यारो अलिकति उज्यालो। अथवा अलिकति उज्यालो अनि अरु अँध्यारो। वर्षातको याम हुँदो हो त झरि पनि हुन्थ्यो होला साँझसँग। दिनको झरि र साँझको झरिमा पानीमात्र समान हो, बाँकी सबै फरक। बाँकी भन्नाले के के? बाँकी भन्नाले थकान, आलस्य, ओसिलोपन, बोझिलोपन अनि अरु धेरै कुरा। साँझ त्यसैले साँझ हो र साँझमा कुर्नुको मतलब पनि फरक हुन्छ, त्यो पनि अफिस अगाडि।
अफिस गजबको ठाउँ हो। अफिसमा मान्छेहरुका कुरा गजबका हुन्छन्। आफ्नो भन्दा अरुको अफिस गजबको लाग्न सक्छ अझै। आफ्नो अफिसमा त तनावबाहेक के नै हुन्छ र? उसको अफिस पनि गजबकै थियो होला। सँगै काम गर्ने साथीहरु, साथीहरुसँग हुने गफगाफ-मोजमस्ती.. खै मोजमस्ती भन्या के हो! अफिसको अर्को गजबको कुरा भनेको एकाध सहकर्मीबारे हुने कानेखुसी र चर्चा पनि हो। कमसेकम यो चाहिं सबैको अफिसको विशेषता होला… चियोचर्चो, अलिकति हल्ला अनि छेडखानी। Continue reading
